आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

बुटवलमा ठूलो परिमाणमा पटाका सहित एक व्यापारी पक्राउ

बुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ ।

शहरबजारमा पटाका पड्कीन थालेपछि प्रहरीले पनि सक्रियता बढाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिमामणमा पटाका सहित एकजनालाई पक्राउ गरेको छ । बुटवल-६ सुन्दरनगरमा भण्डारण गरेर राखिएको ठूलो परिमाणको पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

बुटवल ६ खयरघारी सुन्दरनगर स्थीत सुरज गुप्ताको घरमा भण्डार गरी राखेको बिभिन्न नामका र बिभिन्न आकारका ३ लाख ३७ हजार ९८१ बराबरको पटाका सहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित