काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काइयो, स्थानियको विरोध

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानियले विरोध गरेका छन् ।

‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानिय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कार्तिक ६ गते विहान डोजर लगाएर संरचना भत्काएका थिए ।

त्यसपछि स्थानियले उक्त जग्गा सार्वजनिक जग्गा भएपनि व्यक्तिले हडप्ने हुँदा संरक्षण गर्ने भन्दै त्यहाँ शिवालयको मन्दिर निर्माण गरिएको थियो । सोही संरचनामा कार्तिक ६ गते विहान सवा ६ बजे डेढ सय बढिको संख्यामा स्काभेटर लगेर पुगेको समुहले मन्दिरको संरचनामा डोजर चलाएको स्थानियको भनाई छ ।

देवीनगर चौरालीपथको पश्चितर्फ रहेको ‘सार्वजनिक जग्गा’लाई आफ्नो दाबी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर लगाएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए ।

स्थानियकाे चन्दाबाट निर्माण भएकाे मन्दिरमा डाेजर लगाएर स‌रचना नष्ट गर्दा २० लाख बढीकाे क्षति भएकाे उनकाे भनाइ ५ ।

अध्यक्ष पङ्गेनीका अनुसार लु १ ख ४३४२ नम्बरको जेसिबी ल्याएर मन्दिरको संरचनामाथि चलाइएकाे थियाे ।

यसअघिका जग्गा धनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरे ।

भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरुले जग्गाको कित्त नम्बरनै छुट्टिएकाले दाबी गर्न नमिल्ने उल्लेख गरे । सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलबासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासी डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्सुराम अर्यालले बताए ।

दशैं मनाउन मानिसहरु गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाविहानै मन्दिरको संरचना भत्काइएको उनले बताए ।

दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहदुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चितर्फको जग्गा दाबी गर्दै आएका छन् ।

ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रङ्गशाला मार्गसँगै जोडिएको हुँदा आफूहरुको जग्गाको पश्चिम मोहडा भएको दाबी गरे । उनले आफूहरुले घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास पनि प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि भएपछि डोजर लगाउन बाध्य भएको उल्लेख गरे ।

जग्गा विवाद बारे बुटवल उपमहानगर–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुङ्गो लगाइने बताए । ‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नापजाँच सुरु गर्छ सोही अनुसार कसको जग्गा कुन हो भन्ने टुङ्गो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ ।’–क्षेत्रीले भने । हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित