लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भोली प्रधानमन्त्री प्रचण्ड बुटवलमा आउँदै, आम्दाको २०० शैया अस्पताल भवन शिलान्यास गर्ने

रुपन्देहीको बुटवलमा २०५५ साल कार्तिक १६ गते सञ्चालनमा आएको आम्दा अस्पतालले २५ औं वार्षिकोउत्सव मनाउने भएको छ ।

बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले भोली बिहीबार २५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालिन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारीमा ५० शैयाबाट अस्पताल सञ्चालनमा आएको थियो ।

भोली बिहीबार मनाउन लागिएको वार्षिकोउत्सवको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्षिकोउत्सव कार्यक्रम उद्घाटन गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी गराएका छन् ।

वार्षिकोउत्सवकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको थप २ सय शैया भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको सुभारम्भ गर्नुहुने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेयले बताए ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खेलराज पाण्डेयले १ सय शैयाको अस्पतालको स्तरोन्नती गरी ३ सय शैयाको अस्पताल बनाउने तयारी भएको बताए । समयको माग अनुसार अस्पतालको स्तरवृद्वि गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएकोसमेत अध्यक्ष पाण्डेयले जानकारी गराए ।

यसै शैक्षिक सत्रदेखी प्रमाणपत्र तह नसिंङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी भएको उनले बताए ।

उनकाअनुसार ३ वटा विषयमा ४०÷४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्ने छन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिने छ ।

आर्थिक वर्ष २०७९÷८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । पछिल्लो दशक आर्थिक वर्ष २०७०÷०७१ देखि आर्थिक वर्ष २०७९÷०८० सम्म ६ लाख २१ हजार ९ सय ४२ जना विरामीले अस्पतालबाट सेवा लिएको अस्पतालले जनाएकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित