लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आउँदै, भव्य तयारी

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आउंदै छन् ।

आज आउने भएपछि लुम्बिनी वरपर सरसफाई र रंगरोगन गरेर चिटिक्क पारिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले महासचिव गुटरेसको स्वागतको लागि सबै तयारी गरिएको बताए ।

लामाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि महासचिव गुटरेससंगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको छ । महासचिव गुटरेस विहान ८ बजेर ३५ मिनेटमा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुहुने छ भने त्यहांबाट लुम्बिनीसम्म हेलिकप्टरबाट जानेछन् । गुटरेस विहान ८ बजेर ५० मिनेटमा लुम्बिनी पुग्ने र डेढ घण्टा लुम्बिनीमै बिताएर साढे १० बजे काठमाण्डौं फर्किने तालिका छ ।

गुटरेसको स्वागतका लागि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ भने लुम्बिनी भित्रका सडक, पुष्पबाटिका लगायत सरसफाइ गरेर चिटिक्क पारिएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरांती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरुले स्वागत गर्नेछन् । गुटरेसलाई हेलिप्याडबाट गाडीमार्फत चार नम्बर गेट हुंदै शान्तिदीपमा लगिने छ ।

शान्तिदिपदेखि मायादेवी मन्दिरसम्म पैदल पुग्ने गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन् ।

महासचिव गुटरेसले लुम्बिनीमा सालको विरुवा रोप्नुहुने छ भने पत्रकारहरुसंग बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने बताइएको छ । गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण लगायतमा डेढ घन्टा समय विताउँनेछन् ।

गुटरेसको लुम्बिनी भ्रमणको सुरक्षा प्रवन्ध नेपाली सेनाले गरिरहेको विकासकोषले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

संयुक्त राष्ट्रसंघका महासचिवको रुपमा लुम्बिनी भ्रमण गर्ने गुटरेस छैटौं महासचिव हुन । यसअघि सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ ।

यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उनी सहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाईला टेक्नेछन् । सन् १९५९ मार्चमा ड््याग ह्यामसोल्ड, सन् १९६७ अप्रिलमा ऊ थान्त, सन् १९८१ फेबु्रअरीमा कर्ट वाल्डहिम, सन् १९८९ मार्चमा ह्याभियर पेरिज द कोयर र सन् २००८ नोभेम्बरमा बान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित