श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

स्वच्छ नगर बनाउन लुम्बिनीमा सरसफाई अभियान सुरु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हरावरा नगर बनाउन संघन रुपमा सरसफाई अभियान सुरु गरिएको छ ।

नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिकाकालुम्बिनी विकास कोष,युएनडिपी नेपाल,स्थानीय संघसंस्थाको सहकार्यमा आज देखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।

सरसफाईको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्र्तगत गेट न.४ र ५ सरसफाई गरिएको हो ।प्रत्येक हप्ताको सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।

सो अभियानमा सरिक हुँदै नगरप्रमुख सजरुद्धीन मुसलमानले नगरलाई स्वच्छ र वातावरण अनुकुल बनाउन चाहेको बताएका छन् ।

घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै आफनो गाउँ,आफै सफा राखौँ भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्ने मेयर सजरुद्धीनले उल्लेख गरे ।

फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भैसेकेको समेत बताउदै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

आफु संगै संगै टोल सफा राख्नु आजको आवश्यकता रहेको उपमेयर कल्पना हरिजनले बताईन् । फोहोरले विभिन्न रोग निम्ताउने बताउदै उपमेयर हरिजनले यसको सफाईमा मानव जिवन बढि संवेदनशिल बन्नुपर्ने कुरा दर्साईन् ।

नगरमा सरसफाई अभियान निरन्तर चलिरहने समेत उल्लेख गरिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित