लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मर्चवारमा नदीमा बेपत्ता युवाको खोजीमा सशस्त्रको गोताखोर टिम परिचालन

स्थानीय उद्धार टोलीबाट पत्ता नलागेपछि रुपन्देहीको मर्चवार क्षेत्रमा मंगलवार मूर्ती बिसर्जनको क्रममा डुबेर बेपत्ता भएका स्थानीय युवाको खोजतलासका लागि सशस्त्र प्रहरी बलका तालिम प्राप्त खोताखोरको परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीका डीएसपी तुलसीराम पाण्डेले मुग्लिङ नजिकको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको बिपतद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना खोताखोर ल्याएर खोजतलास सुरु गरिएको बताए ।

उनका अनुसार बुधवार बिहान ७:३० देखि खोजतलास सुरु गरिएको छ । स्थानीय युवाहरु डुबेको स्थानमा नदी गहिरो र पिंधमा लेदो र ठुला ढुंगाहरु पनि रहेको उनले बताए । दुर्गा भवानीको मूर्ती बिसर्जनका क्रममा मंगलवार दिउँसो रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सीमानामा रहेको दुई मुहानमा डुवेर कोटहीमाई-१ का २० बर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए ।

मूर्ती बिसर्जनकै क्रममा डुवेर उक्त ठाउँकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यू भएको थियो । उक्त स्थान तिनाउ र दानव नदीको संगमस्थल हो । विगतका वर्षमा पनि मूर्ति बिसर्जन गर्ने क्रममा उक्त स्थानमा यस्ता घटनाहरु हुने गरेको स्थानीयले बताएका छन् ।

स्थानीय उद्धार टोलीबाट वेपत्ताको पत्ता नलागेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले गोताखोर परिचालनका लागि गृह मन्त्रालयसँग माग गरेपछि गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको तालिम प्राप्त गोताखोर टिम परिचालन गर्न भनेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित