श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

मूर्ति सेलाउन जाँदा खोलामा बेपत्ता युवा २४ घण्टा बित्दासम्म भेटिएनन्

रूपन्देही । दुर्गाको मूर्ति सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका रूपन्देही कोटहीमाई-१ अमरगंजवाका २० वर्षीय सन्तकुमार राजभर अझै भेटिएका छैनन् ।
मंगलबार दिउँसो दानव र तिनाउ नदी संगममा तीन युवा डुबेकोमा दुईजनाको मृत्यु भएको थियो । रूपन्देही प्रहरीका अनुसार सन्तकुमारसँगै खोलामा डुबेका स्थानीय २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मंगलबार दिउसो शव भेटिएको थियो । प्रहरी जवान अजय राजभर दसैँ मनाउन घर आएको कोटहीमाई-१ का वडाअध्यक्ष ब्रह्मदेव यादवले बताए ।

खोलामा बेपत्ता सन्तकुमार मंगलबार रातिसम्म फेला नपरेपछि बुधबार बिहानैदेखि खोजी सुरू गरिएपनि भेटिएको छैन । स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले दुईमुहान क्षेत्रमा खोजी गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी भरतबहादुर विश्वकर्माले बेपत्ता रहेका सन्तकुमारको खोजी बिहानैदेखि जारी रहेको बताए ।

रूपन्देही, नवलपरासी र कपिलवस्तुका दक्षिणी क्षेत्रमा दसैँताका स्थापना गरिएका दुर्गामूर्ति विसर्जन गर्ने क्रममा विगतका वर्षमा पनि डुबेर युवाहरूको मृत्युका घटना हुने गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित