लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मौसममा पश्चिमी वायु र ‘हामुन’ चक्रवातको प्रभाव, आज पानी पर्छ ?

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको र पूर्वी भू–भागमा बंगालको खाडीमा बनेको ‘हामुन’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ ।
यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले अबरोध नगर्ने विभागले जनाएको छ ।
एकदुई स्थानमा सामान्य वर्षा हुने भनिए पनि एक मिलिमिटरभन्दा कम वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “आज पहाडी भू–भागका एकदुई स्थानमा सामान्य वर्षा हुने पूर्वानुमान छ । यो भनेको एक मिलिमिटरभन्दा कम हो,” उनले बाह्रखरीसँग भने, “यो भनेको निकै कम वर्षा हो । यसले खासै असर गर्दैन ।”
यो वर्षको दसैँको टीकामा मौसमले बाधा नगर्ने उनको भनाइ छ । “आजको पूर्वानुमान हेर्दा यो वर्षको दसैँमा मौसमले बाधा पुर्याउने देखिँदैन,” मौसमविद् अधिकारी भन्छन्, “केही भू–भागमा हिमपताको पनि सम्भावना रहेको छ । तर त्यो पनि उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा हो । त्यसले खासै असर गर्दैन । त्यसैले आज मौसमको अबरोध नरहने पूर्वानुमान छ ।”

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित