श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

मौसममा पश्चिमी वायु र ‘हामुन’ चक्रवातको प्रभाव, आज पानी पर्छ ?

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको र पूर्वी भू–भागमा बंगालको खाडीमा बनेको ‘हामुन’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ ।
यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले अबरोध नगर्ने विभागले जनाएको छ ।
एकदुई स्थानमा सामान्य वर्षा हुने भनिए पनि एक मिलिमिटरभन्दा कम वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “आज पहाडी भू–भागका एकदुई स्थानमा सामान्य वर्षा हुने पूर्वानुमान छ । यो भनेको एक मिलिमिटरभन्दा कम हो,” उनले बाह्रखरीसँग भने, “यो भनेको निकै कम वर्षा हो । यसले खासै असर गर्दैन ।”
यो वर्षको दसैँको टीकामा मौसमले बाधा नगर्ने उनको भनाइ छ । “आजको पूर्वानुमान हेर्दा यो वर्षको दसैँमा मौसमले बाधा पुर्याउने देखिँदैन,” मौसमविद् अधिकारी भन्छन्, “केही भू–भागमा हिमपताको पनि सम्भावना रहेको छ । तर त्यो पनि उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा हो । त्यसले खासै असर गर्दैन । त्यसैले आज मौसमको अबरोध नरहने पूर्वानुमान छ ।”

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित