प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

गुल्मीमा सुपथ मूल्यको पसल खुलेन

दशैं तिहार पर्वलाई मध्य नजर राखेर सरकारले सञ्चालन गर्ने भनिएको सुपथ मूल्यको पसल गुल्मीमा भने सञ्चालनमा आएको छैन् । जसले गर्दा चाडपर्वको समयमा उपभोक्ताले महङ्गो मूल्य तिरेर भएपनि चाडपर्व मनाउनुपर्ने अवस्था भएको छ ।

चाडपर्वको बेला उपभोक्तालाई सहुलियत दिन भन्दै सरकारले असोज २१ गतेदेखि गुल्मी सहित ४२ जिल्लाको ४८ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भनिएको थियो । तर गुल्मी जिल्लामा भने सञ्चालनमा आएको छैन् ।

नेपालीहरुका महान पर्वमा अन्य समयमा भन्दा बजारमा किनमेलको चाप पनि बढने गर्दछ । अहिले बजारमा चिनी, मसला लगायत खाद्ययन्नमा अचाक्ली मूल्य बृद्धि भएको छ ।

सरकारले चाडपर्वको समयमा सहुलियत पसल खोल्ने आशा देखाए पनि पसल सञ्चालन नगरेर नागरिकलाई निरासा बनाएको धुर्कोट गाउँपालिका वाग्ला निवासी केशव घिमिरेले बताए । उनले व्यपारीहरुले लाप्रवाही ठोकी रहेकाले बताए ।

जनताको बारेमा कसैले पनि नसोच्दा चाडपर्वको मुखमा चर्को मूल्य सहेर मनाउनुपर्ने बाध्यता रहेको बताए । असोज २१ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुँने सुपथ मूल्यको पसलमा २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिएर दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने योजना सरकारले ल्याएको थियो ।

तर त्यो सुपथ मूल्यको पसल ग्रामीण तहसम्म आउनुले नागरिक सुपथ मूल्यमा सामाग्री किनमेल गर्नबाट बञ्चीत भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए । बजारमा भइरहेको महङ्गी नियन्त्रणमा सुपम मूल्यका पसले राहत दिने अपेक्षा नागरिकको रहेको उनले बताए ।

चाडपर्वको समयमा गरिने बजार अनुगमन पनि कर्मकाण्डी नाम मात्रको रुपमा गरिएको बताए । बजार अनियन्त्रित भएकाले सरकारले बजारलाई नियन्त्रणमा ल्याउन नसकेको बताए ।

चाडपर्वको मुखमा भइरहेको मूल्य बृद्धिले आम नागरिक आक्रान्त बनेको पाण्डेको भनाइ छ । आम नागरिकलाइ राहत दिनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा सुपथ मूल्यका पसल खोल्नुपर्ने आबश्यक रहेको बताए ।

सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उदेश्य राखेको छ । जिल्लामा सुपथ मूल्यको पसल सञ्चालनमा नआएपनि व्यवसायीहरुलाई बाणिज्य संघले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्य लिएर बिक्री नगर्न आग्रह गरिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।

चाडपर्वको समयमा उपभोक्तालाई मारपर्ने गरि कुनैपनि सामाग्रीको तोकिएको भन्दा बढी मूल्य नलिन र कृत्रिम अभाब सृजना गरेर मूल्य बृद्धि नगर्न सबै व्यवसायीलाई सचेत गराइएको पौडेलको भनाइ छ । बजारमा भइरहेको मूल्यबृद्धि नियन्त्रण तथा म्याद गएका सामाग्रीको बिक्री बिरतणमा रोक लगाउने उदेश्यले बजार अनुगमन तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

उनले बजारमा कृत्रिम अभाव देखाएर मूल्य बृद्धि गर्ने जो कोहिलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताए । चाडपर्व नजिकिएसँगै दैनिक भान्सामा प्रयोग हुने चामल, चिनी, दाल, मैदा, मसला लगायतका वस्तुको मूल्य आकासिएको छ ।

केही दिन अघि चिनीको मूल्य १०५ प्रतिकेजी थियो । अहिले बढेर १२५ भन्दा वढि पुगेको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार लगायत ग्रामीण क्षेत्रका बजार दैनिक उपभोग्य सामाग्रीको मूल्य बृद्धि भएको छ ।

अहिले बजारमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको मारमा सर्वसाधारण नागरिक मर्कामा परेका छन् । बजारमा अहिले दैनिक उपभोगय वस्तुको मूल्य थरिथरिका छन् ।

चाडपर्वमा अन्य समयमा भन्दा दैनिक उपभोग्य वस्तुको खपत वढी हुन्छ । त्यसैले पनि व्यवपारिहरु यहि मौका छोपेर खाद्यान्नको कृत्रिम अभाव सृजना समेत गर्ने गर्दछन् ।

गाउँदेखि शहरसम्म दैनिक उपभोग गर्ने वस्तुको मुल्यवृद्धिले सर्वसाधारणलाई समस्या निम्ताएको छ । पछिल्लो समय दैनिक उपभोग गर्ने वस्तुको मूल्य आकासिदै गएपछि दैनिक ज्याला मजदूरी गरेर दैनिकी चलाउने अवस्था अझ कष्टकर बन्दै गएको छ ।

अनिल खत्री /गुल्मी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित