
वडा दशैं मनाउन लाखौं नेपालीहरू गाउँघर पुगेका छन् । रोजगारी तथा बसाइँसराई गरी शहर पसेकाहरूसमेत दशैँ मनाउन पुरानै थातथलो फर्किएका हुन् ।
बुटवलबाट लाखौं नागरिकहरू दशैँ मनाउन गाउँ हिँडेपछि शहर सुनसान बनेको छ । यो वर्षको दशैँ कार्तिक ७ गते परेको छ ।
सरकारी बिदासमेत समेत शुरू भएकोले शहर रित्तिदै गएको हो । गाउँमा चहलपहल बढेको छ । बुटवलको बसपार्कमा पहाडी जिल्ला फर्किनेहरूको भीड बढेको छ ।
सडक सुरक्षा तथा ट्रार्फिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्णा प्रसाईलेले यात्रुको सहज यात्राको लागि विशेष ध्यान दिइएको बताए । बुटवलबाट कैयौं बसहरू पहाडी जिल्लामा हिँडेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण यातायात व्यवसायीहरू चरम पीडामा रहेको भन्दै आम उपभोक्ताको हितको पक्षलाई मध्येनजर गरी यथाशक्य गुणस्तरीय सेवा दिँदै आएको बताए ।
सुरक्षित तरिकाले यात्रुहरूलाई गन्तव्यसम्म पुराउनु नै आफूहरूको कर्तव्य रहेको बताए ।