श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

युवकको ज्यान गएपछि नेकपा क्रान्तिकारीका प्रवक्ता वास्तोल प्रहरी नियन्त्रणमा

पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङकाे राप्ती गाउपालिका वडा नं ५ सिंगेमा नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ।

दुर्घटनामा युवककाे ज्यान गएपछि सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का  बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

पक्राउ परेका बास्ताेलालाई  इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको प्रहरीले बताएको  छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर  काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई सिंगे नजिकै ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते चौधरीलाई टाउकोमा चोट लागेर गम्भीर घाइते अवस्थामा प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याएको थियो। घाइते चाैधरीलाई राति १० बजेपछि स्वास्थ्य चौकी पुर्‍याएलगत्तै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख केसीले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित