जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

पड्किदै कुदेर तर्साउने बाइक कारवाहीमा

हेलिकप्टर जस्तै आवाज निकालेर पैदल यात्रुलाई तर्साउने मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले कारवाही थालेको छ ।

गत बुधवारसम्म १८ वटा मोडिफाइ गरेका बाइक नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए । उनका अनुसार जिल्लाभर नागवेली गुड्ने, ध्वनि प्रदूषण हुनेगरी आवाज निकाल्ने मोटरसाइकललाई कारवाही चलाइएको छ ।

‘ब्लुबुकमा भए अनुसारबाहेक सवारी साधनको स्वरुप परिवर्तन गर्न पाइँदैन’– प्रमुख मल्लले भने– ‘हामीले पहिलो पटकलाई अधिकतम एक हजार पाँच सय जरिवाना गर्छौं । नमान्नेलाई यातायातमा पठाइदिन्छौं त्यहाँ पाँचदेखि सात हजार जरिवाना हुन्छ ।’

उनका अनुसार साइलेन्सर उचाल्नेदेखि मोडिफाई सम्बन्धी केही पनि गर्न पाइँदैन । पैदल यात्रुलाई आतंकित बनाएको, शान्तसँग घर पसलमा बसेकालाई कानै थुन्नुपर्ने गरी डिष्टर्व गरेको, नागबेली गुड्ने मोटरसाइकलबाट ज्यानै जोगाउन मुस्किल भएको गुनासा आएका थिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयसँग संयुक्त चेकिङ बसेर पनि कारवाही गर्छ । चेकिङ पनि फरक–फरक र नपत्याउँदा ठाउँमा बस्ने गरेको छ । भाग्ने अवस्था नराखिने मल्लको भनाइ छ । विद्यालय अस्पताल आसपामा पनि एक्सीलेटर बटारेर ध्वनि निकाल्ने, हर्न बजाउन र ध्वनि प्रदूषण हुनेगरी आवाज दिन पाइँदैन । कहीं कतैबाट सवारी साधनले भ्वालेन्स गरेको गुनासो आए प्रहरीले तत्काल कारवाही गर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित