
बुटवल । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघको नया नेतृत्वको लागि नेकपा एमाले र नेपालीकांग्रेस निकट उद्योगीहरुका बिचमा साझा नेतृत्वको टिम बनाउने छ।
दिलिप सापकोटा नेतृत्वमा बनेको उक्त टिममा एमाले निकट उद्योगीहरुको नेतृत्व सापकोटाले गरेका छन् भने नेपालीकांग्रेस निकट उद्योगीहरुको नेतृत्व काफ्लेले गरेका छन्। उद्योगीहरुको संयुक्त टिम नाम दिईएको यो प्यानललाईसंघका अधिकांश पूर्व अध्यक्षहरुले साथ दिएका छन्।
२०३५ सालमा स्थापित संघको ४५ औं बार्षिक साधारणसभा तथा २३ औं अधिवेशन आज देखि सुरु भएको छ। उक्तअधिवेशनबाट चयन हुने नया नेतृत्वका लागि सहमती हुंदा पदाधिकारीका ९ पद मध्ये ५ वटा पदमा एकल उम्मेदवारीपरेको छ।
उद्योग संघको निर्वाचन समितीका अनुसार संघको अध्यक्ष पदमा बर्तमान बरिष्ठ उपाध्यक्ष दिलीप सापकोटाको एकलउम्मेदवारी परेको छ। त्यसैगरी बरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितीका प्रथम उपाध्यक्ष कृष्ण पराजुली, प्रथमउपाध्यक्ष पदमा बर्तमान कार्यसमितीका द्धितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव पदमा बर्तमान कार्यसमितीकासचिव हिरामणी भटराई र महिला सचिव पदमा मन्जु भुसालको एकल उम्मेदवारी परेको छ। यि सबै दिलिपसापकोटाले नेतृत्व गरेको संयुक्त प्यानलका हुन्।
यसैगरी कार्यसमितीका बिभिन्न १० सदस्य पदहरुमा समेत सापकोटा प्यानलका उम्मेदवारहरुको मात्रै उम्मेदवारी परेकोछ। सापकोटा प्यानलबाट एशोशिएट सदस्यमा प्रज्जवल थान्जु, र उमाशंकर मालपानी, आजिवन सदस्यमा माधवनेपाल, संस्थागत सदस्यमा गोबिन्द प्रसाद भुसाल र बुटवल औद्योगिक क्षेत्र उद्योग संघबाट लाल प्रसाद बस्यालकोएकल उम्मेदवारी परेको छ।
यसका साथै,बुटवल उपमहानगरपालिका क्षेत्रबाट लालहरी पाण्डे, र राजु घिमिरे तिलोत्तमा नगरपालिका क्षेत्रबाट रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका क्षेत्रबाट नारायण प्रसाद ज्ञवाली, र शुद्धोधन गाउपालिका क्षेत्रबाट टंक नारायणआचार्यको मात्रै उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेका उनीहरुका निर्विरोध निर्वाचीत हुने अवस्था देखिएकोनिर्वाचन समितीले जनाएको।
पदाधिकारीका द्धितिय उपाध्यक्ष पदमा सपकोटा प्यानलबाट बर्तमान महासचिव हरि बहादुर क्षेत्रीले उम्मेदवारी दिदाउनका बिरुद्ध उद्योगी माया खनालको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा दिलिप सापकोटा प्यानलबाट युवराजआचार्यले उम्मेदवारी दिदा नेकपा माओवादी केन्द्र निकट सुरेन्द्र ज्ञवालीले उनका बिरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारीदिएका छन्।
त्यसैगरी सचिव पदमा सापकोटाको प्यानलबाट बर्तमान कार्यसमिती सदस्य सुमन बस्यालले उम्मेदवारी दिदा उनकाबिरुद्ध कमल ज्ञवालीको उम्मेदवारी परेको छ भने सापकोटा प्यानलबाट सह कोषाध्यक्ष पदमा बिशाल बेल्वासेलेउम्मेदवारी दिदा उनका बिरुद्ध प्रेम आलेको उम्मेदवारी परेको छ। यि दुवै बर्तमान कार्यसमितीका सदस्य छन्।
अधिवेशनबाट अध्यक्ष सहितका पदाधिकारी तथा सदस्य गरि २९ सदस्य निर्वाचित हुनुपर्नेमा एशोसिएट सदस्य, आजिवन सदस्य, संस्थागत सदस्य, बुटवल औद्योगिक क्षेत्र तथा बुटवल, तिलोत्तमा, सैनामैना र शुद्धोधन क्षेत्रबाट समेतसापकोटा नेतृत्व साझा टिमबाटै एकल उम्मेदवारी परेको छ।
दुई महिला सदस्य र आठ खुल्ला सदस्यमा भने बिधानले निर्धारण गरेको भन्दा बढिको उम्मेदवारी परेपछि निर्वाचन हुनेभएको निर्वाचन समितीले जनाएको छ। साझा टिममा नेपाली कांग्रेस निकट उद्योगीहरुको नेतृत्व गरेका जिवकान्तकाफ्लेका अनुसार उक्त टिमबाट महिला सदस्य पदमा मिना थापा तुलाधर र शारदा भटराईले उम्मेदवारी दिएका छनभने खुल्ला सदस्य पदमा अशोक कुंवर , अखिलेश गुप्ता, किरण खरेल, कृष्ण प्रसाद पोखरेल, नारायण प्रसाद खनाल, मोहनीलाल रिजाल, बल बहादुर गोदार र चक्रपाणी तिवारीले उम्मेदवारी दिएका छन्।
आगामी कार्यकालको लागि अध्यक्षमा एकल उम्मेदवारी दिएर निर्विरोध हुने पक्का भईसकेका सापकोटाले सहमती, एकता र सहकार्यबाट सबै पदहरु निर्विरोध गराउने प्रयास असफल भएपनि आफ्नो प्यानलमा रहेका सबै उम्मेदवारहरुलेउद्योग संघ र उद्योगीहरुका पक्षमा गरेका कामको मूल्यांकनको आधारमा मतदाताहरुले मत दिएर विजयी बनाउनेविश्वास व्यक्त गरे।
आफ्नो नेतृत्वमा रहेका उम्मेदवारहरुको पक्षमा पूर्व अध्यक्षज्यूहरुको समेत समर्थन र ऐक्यवद्धता रहेको उनले बताए।सापकोटाले उद्योगी व्यवसायीको हक, हित र अधिकार स्थापित गर्ने र उद्योग क्षेत्रमा देखिएका अहिलेका समस्यासमाधानका लागि आफ्नो नेतृत्वको टिम प्रतिबद्ध रहेको बताए।
संघका ७ जना पुर्व अध्यक्षहरुको सहभागीतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पुर्व अध्यक्षद्धय एजाज आलम रबोनिन पियाले ४५ वर्ष पुरानो ईतिहास बोकेको संघको नेतृत्व साझा बनाउने प्रयत्न सफल हुन नसकेको चिन्ता ब्यक्तगरे। ´हामी अहिले संकटग्रस्त आर्थिक अवस्थाका बिचमा छौं यस्तो बेला चुनाव हुनु हुदैन मिलेर जानुपर्छ भन्ने उद्योगीब्यवसायीको मनोभावना हो तर कतीपय साथीहरुले नमान्दा निर्वाचनमा जान बाध्य भएका छौं` उनीहरुले भने।
उनीहरुले अहिलेको जटिल आर्थिक अवस्थामा आफुहरुले निर्वाचन नचाहेपनि सहमतीमा आउन नचाहने केहिसदस्यहरुका कारण निर्वाचनमा जानुपर्ने अवस्था आएको बताए।
संघमा कुल एकहजार १३ सदस्य उद्योगी छन।