श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’

भैरहवा । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को पहलमा भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’ सुविधा पाइने भएको छ । महान पर्व दशैंलाई आइतबारदेखि लक्षित गर्दै सुरु गरिएको यो अफरमा सामान खरिद गर्दा छुट पाउन सकिने संगठनले जनाएको छ ।

बजारमा चहलपहल बढाउन र स्वदेशी बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले दशैंमा छुट अफर दिन व्यवसायीलाई आग्रह गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय बजारमै खरिद गर्न र स्थानीय उत्पादनलाई जोड दिनुपर्छ । आम समुदायको घरमा दशैं आउनुपर्छ हाम्रो सोच हो । ’ आम उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्ने बानीको विकास गर्ने अभियान अनुसार यो छुट अफर प्रदान गरिएको श्रेष्ठले बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अन्नपूर्ण स्टोर्स, प्राइम इलेक्ट्रोनिक्स, कालिका टे«ड स्टोर्स, गौतम टे«ड सप्लायर्स, साहु बस्त्रालय, अमन किराना पसल र शुभकामाख्या इन्टरप्राइजेजका ‘दशैं छुट अफर’ को सुविधा रहेको बताए । आइतबार ७ वटा पसलमा संगठनले छुट अफर सम्बन्धी ब्यानर टांगेको रोक्काले जानकारी दिए ।

संगठनका वाणिज्य उपाध्यक्ष तथा ‘दशैं छुट अफर’ का संयोजक राममिलन यादवले यो अफरले केही हदसम्म उपभोक्ताले छुटको सुविधा पाउने बताए । उनले यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् । उनले भने, ‘दशैं छुट अफर दशै अवधिभर पाउन सकिनेछ ।’

संगठनकी महासचिव लक्ष्मी अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित