
बुटवल । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा कांग्रेस भित्रका दुई समूह बीच प्रतिस्पर्धा आज हुँदैछ ।
पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट सो पदमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ । त्यसतै महासचिव पदमा पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।
रिक्त पदका लागि निर्वाचनका लागि तोकिएको कार्यतालिका अनुसार शुक्रबार सभापती पदका युवा नेता प्रजापाल गिरी र परशुराम ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत रुपकुमार रायमाझिले बताए ।
स्थानिय चुनावको समयमा पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछि क्षेत्रिय पद रिक्त रहेको थियो । त्यस्तै सह सचिवमा संगिता अर्याल गौतम र विष्णुप्रसाद चापागाईको उम्मेदवारी परेको छ ।
तत्कालिन सह सचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपनि उक्त पद रिक्त थियो । निर्वाचन कार्यक्रम अनुसार आज बुटवलको बालमन्दिरमा मतदान हुदैछ । मतदानमा ६७४ क्षेत्रिय प्रतिनिधीले मतदान गर्नेछन् ।
यस बाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुप्न्देहीको गैडहवा गाउँपालिका सभापतीको लागि पनि नै निर्वाचन हुँदैछ । त्यहाँ योगेन्द्र चौधरीको एकल उम्मेदवारी परेको छ ।
त्यस्तै देवदह नगरपालिकाको वडा नंं ६, ओमसतियाको ४, मायादेवीको ५, मर्चवारीको ४ नंं वडामा पनि उपनिर्वाचन हुँदैछ ।