काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

दशैंका लागि दुर्गा भवानीको मूर्ति बनाउन भ्याई नभ्याई

बुटवल । दशैका लागि दुर्गा भवानीको मूर्ति बनाउन कालिगढहरुलाई यतिबेला भ्याई नभ्याई छ ।

बिजयादशमीमा बिभिन्न स्थानमा निकालिने दुर्गा भगवतीसहित बिभिन्न देवी देवताको माटोका मुर्तिहरु बनाउन अहिले कालिगढहरुलाई चटारो छ ।

रुपन्देहीको धकधईमा भारतबाट आएका कालिगढले मूर्ति बनाईरहेका छन् ।

दशैंतिहारको बेला तराई क्षेत्रमा धेरै मात्रामा प्रयोग हुने दुर्गा भगवतीका मूर्तिहरु पहिले भारतीय बजारबाट आयात हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने कालिगढहरु आफै आएर समेत बनाउने गर्न थालेका छन् ।

यसवर्ष असोज तेस्रो सातासम्म परेको वर्षाका कारण मूर्ति बनाउन ढिलाई भएको कालिगढहरु बताउंछन् ।

माटोमा काठ र परालको भुस मोलेर बनाईने मूर्तिलाई घाममा सुकाएर रंग भरेर आकर्षक बनाउने गरिन्छ ।

दशैंको बेला घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमा सम्म दुर्गामूर्ति स्थापना गरि पूजा गर्ने गरिन्छ ।

रुपन्देहीको चिल्हियाका चन्द्रपाल केवटले १४ वर्षको उमेरदेखि नै माटोका मूर्ति बनाउन शुरु गरेका थिए । यो विचमा दुईसय भन्दा बढि दुर्गा र लक्ष्मीमाताका मूर्ति बनाईसकेको पालले बताए ।

दर्जनौं संख्यामा सिमेन्टको घोंडा, हात्ति, मयंूर, डांफे जस्ता जनावर र पंक्षी बनाईसकेका चन्द्रपाल मूर्तिकलामै भविश्य राम्रो भएको बताए ।

दशैं र तिहारमा दुर्गा र लक्ष्मीका मूर्ति बनाउने चन्द्रपाल अरु समयमा भने विभिन्न पार्क, घरका बगैंचा तथा मठमन्दिरहरुमा राख्नको लागि अर्डर गरिएका सिमेन्टका मूर्ति बनाउने गर्छन ।

मूर्ति बनाएरै दशैं तिहारमा चार/पांच लाख सम्म आम्दानी गर्ने गरेको चन्द्रपालको अनुभव छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित