बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

शिवनगरमा दुर्गा भवानी महाआरती हुने

बुटवल । बुटवलको शिवनगर स्थित दुर्गा मन्दिरमा घटनास्थापना देखि ३ दिन दुर्गा भवानी महाआरती हुने भएको छ ।

शिवनगर महाआरती साँझ कार्यक्रम संयोजन समितिले पत्रकार सम्मेलन गर्दै नेपाली चार्डपर्व तथा सँस्कार एवं सँस्कृतिहरुलाई प्रचार गर्दै संरक्षण र प्रबद्र्धन गर्न दुर्गा मन्दिरमा दुर्गा भवानी महाआरती गर्न लागिएको बताएको छ ।

सो कार्यक्रमका संयोजक गौरव आचार्यले महाआरती यही घटस्थापनाको दिनबाट शुरु गरी लगातार तीन दिनसम्म संचालन हुने बताए ।

साथै दुर्गा मन्दिर समितिले अबदेखि औसीको दिन साँझ महाआरती साँझ गर्ने समेत भएको छ ।

संयोजक आचार्यले शीवनगर सामुदायिक बनको परिसरलाई समेत एउटा पर्यटकीय गन्तव्यका रुपमा परिचित एवं स्थापित गराउने उद्देश्यले पनि महाआरती कार्यक्रम गरिएको बताए । महाआरती संगै सांस्कृतिक साझ पनि गरिने उनको भनाई छ ।

दुर्गा मन्दिर व्यवस्थापन समिति, भगवती टोल विकास संस्था, दुर्गा मन्दिर टोल विकास संस्था र बुद्ध टोल विकास संस्थाको आयोजनामा हुन लागेको महाआरती तथा सांस्कृतिक साँझमा नाटा लुम्बिनी प्रदेशले सहयोग गर्नेछ । कार्यक्रम सम्पन्न गर्न १ लाख ७५ हजार खर्च अनुमान गरिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य सन्दीप खनाल, दुर्गा मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्ण कुमारी थापा, भगवती टोल विकास संस्थाका अध्यक्ष भरत गिरी, दुर्गा मन्दिर टोल विकास संस्थाका अध्यक्ष तेजप्रसाद पराजुली, बुद्धटोल विकास संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापा लगाएतले बोल्दै महाआरती तथा सांस्कृतिक साँझ कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि नयाँ गन्तव्यको पहिचान गराउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित