श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि दिलिप सापकोटाको हाल सम्म एकल दावेदारी

बुटवल । रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि दिलिप सापकोटा एकल दावेदारको रुपमा अगाडि देखिएका छन् ।

संघको ४५ औं बार्षिक साधारण सभा तथा २३ औं अधिबेशनमा हाल सम्म सापकोटाले मात्र अध्यक्षमा आकांक्षी देखाएका हुन । संघको अधिबेशन २९ असोजमा बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुंदैछ ।

०५६ सालमा रुपन्देही उद्योग संघको सदस्यता लिएका सापकोटा ०५८ सालमा कार्य समिति सदस्यको रुपमा संघको नेतृत्वमा प्रवेश गरेका थिए ।

सह कोषाध्यक्ष, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुंदै सापकोटा हाल बरिष्ठ उपाध्यक्ष छन् । बरिष्ठ उपाध्यक्ष दिलिप सापकोटानै संघको आगामी नेतृत्वका लागि हाल सम्म एकल दावेदारको रुपमा देखिएका हुन ।

रुपन्देहीको मोतिपुरमा स्थापित पर्वत ईट्टा उद्योगका सञ्चालक रहेका दिलिप सापकोटा व्यवसायीको हक, हित र अधिकार तथा समस्याहरुको समधान गर्न अध्यक्षमा आकांक्षी रहेको बताए ।

लामो समय देखि संघको नेतृत्व टिममा रहेर काम गरेको र विगतको अनुभवका आधारमा व्यवसायीको समस्यालाई माथिल्लो निकाय सम्म पुराएर समधानको पहल आफुले गर्ने उनले बताए ।

‘हाम्रो संघमा एकै प्रकृतिको उद्योगहरु छैनन् । फरक फरक उद्योग चलाएका साथीहरुका समस्या फरक छन् । त्यी सवै समस्याहरुलाई सामुहिक छलफलबाट समाधान गर्न म पहल कदमी गर्नेछु’ उनले भने ।

पर्वतको फलेबासमा ०२९ साल चैत १५ गते जन्मिएका सापकोटा बुवाकै प्रेरणाले उद्योग क्षेत्रमा लागेको बताउंछन् ।

०३८ सालमा बावुराम आचार्य संग दिलिपका बुवा ताराप्रसाद सापकोटाले पार्टनरमा आचार्य ईट्टा उद्योग खोलेका थिए । पर्वतमा जन्म भएपनि बुटवलको तत्कालिन कालिका स्कुल (हाल कालिका मानवज्ञान) बाट ०४६ सालमा एसएलसी उत्र्तिण गरेका दिलिपले बाणिज्य क्याम्पसबाट स्नात्तक उत्र्तिण गरेका छन् ।

नाताले ज्वाई र जेवान रहेका बावुराम र ताराप्रसादले उक्त उद्योग ०५० साल सम्म संगै गरे । त्यसपछि बावुरामले आचार्य इट्टा चलाए भने ताराप्रसादले पर्वत इट्टा उद्योग सञ्चालन गरे ।

एसएलसी दिएपछि नै बुवाले चलाएको उद्योगमा जाने र बुवालाई सहयोग गर्दा गर्दै उनको पनि लत उद्योग क्षेत्रमा बसेको हो ।

उनले बुवाले स्थापना गरेको पर्वत ईट्टा उद्योग दोस्रो पुस्तामा समालेका छन् ।

आमा गंगादेवी सापकोटा, बुवा ताराप्रसाद सापकोटाको आर्शिवाद र श्रीमती सुजिता सापकोटाको समेत मेहनतले अहिले दिलिप सापकोटा एक सफल उद्योगीको रुपमा परिचित छन् ।

व्यवसायी, उद्योगीका समस्या बुझ्ने, सरल, ईमान्दार व्यक्तित्वको छवि बनाएका दिलिपका एक छोरा सम्राट र एक छोरी सुदीक्षा छन् ।

रुपन्देही उद्योग संघमा कुल १ हजार १३ सदस्य छन् । संघका अध्यक्ष माधव पौडेल अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित