उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

सेवाग्राहीका लागि तिलोत्तमा नगरपालिकाले सञ्चालन ग¥र्यो निशुल्क अटो रिक्सा

बुटवल । सेवाग्राहीलाई लक्षित गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निःशुल्क अटोरिक्सा संचालनमा ल्याएको छ ।

नगरपालिकाले सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले तिलोत्तमा शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो ।

निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाइै हस्तारन्तरण गरेर सुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताए । नगरपालिका र सेवाग्राही एकै सिक्का दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताए ।

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटो रिक्सा संचालन गरिएको बताए । महिलाहरु पनि अवसर पाए जुन सकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको बताए । तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने नगर प्रमुख खाँणले बताए ।

यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले नगरपालिकाको कार्यालयमा जान आउनका लागि सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो संचालनमा ल्याइएको बताइन् । आफ्नो सवारी साधन हुने सजिलैसँग आउने भए पनि नहुनेलाई धेरै दुःख भएको बताउँदै अब यो समस्या हट्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीहरुको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुने पर्ने र सो कुरा नगरपालिकाले संचालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने बताए । अटोरिक्सा सिट फुल वा १५ मिनेट मध्य जुन पहिला हुन्छ सोही अनुसार संचालन हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित