श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगी परिबारको सम्पर्कमा

बुटवल । इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगी परिबारको सम्पर्कमा आएका छन् ।

इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेसंगै उनी सम्पर्कविहीन भएका थिए ।

खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले आफ्ना बुवा संग अस्पतालबाट कुराकानी गरेको परिबारले पुष्टि गरेको छ ।
छोरा सम्पर्क विहिन भएपछि तनाव र अतास भोगका परिबार छोरो सम्पर्कमा आएपछि तनाव भने केही कम भएको छ ।

दुवै खुट्टामा गोली लागेका कारण घाइते अवस्थामा रहेको र अपरेशनको तयारीमा रहेको छोराले बताएको निमबहादुरले जनाएका छन् । ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताए, खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ’, निमबहादुरले भने ।

कृषिमा स्नातक गरेका डांगी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका अन्तरगत ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत गत भदौ २३ गते इजरायलको गाजामा पुगेका थिए ।

दंगीशरण गाउपालिका वडा नं ३ का वडाध्यक्ष शुकलाल चौधरीका अनुसार इजरायलको अस्पतालबाट उनले भिडियो कल गरेका थिए । बाबु सम्पर्कमा आए, त्यहिँको अस्पतालको नर्सको मोवाइलबाट भर्खरै भिडियो कल भएको छ, ‘म पनि उनको बुबासँगै छु’, चौधरीले भने ।

डांगीका बुवा निमबहादुरका अनुसार प्रविणसंगै दाङ तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीका एक युवा र उनका अन्य १ जना साथीसमेत सँगै गएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित