लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

अर्याल नेतृत्वको प्यानल घरदैलोमा: समावेशी टिमलाई जिताउने व्यवसायीको प्रतिबद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनको उद्घाटन सत्र सकिएपछि उम्मेदवारहरू घरदैलोमा जुटेका छन । हरिप्रसाद अर्याल नेतृत्वको टिम व्यवसायीहरूसँग भेटघाट गर्दै मतदाताको घर तथा व्यवसायिक प्रतिष्ठान पुगेका छन् । संघको नयाँ नेतृत्वको लागि चुनाव हुने निश्चित भएपछि प्रचार प्रसार तीब्र बनेको छ । अर्याल प्यानलले ‘समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रक्रियामा सबैको सहभागिता, नेतृत्वमा समावेशीता’ नारा अघि सारेको छ ।
व्यवसायीहरूको घरदैलोमा पुग्दा यो पटक हरिप्रसाद अर्याल नेतृत्व टिमलाई बुटवल उद्योग वाणिज्य संघमा पु¥याउने मतदाताहरूले बताएको उद्योग उपाध्यक्ष पदका उम्मेदवार सुरज भट्टराईले जानकारी दिए । अर्याल नेतृत्वको प्यानल सबै हिसाबबाट समावेशी रहेकोले व्यवसायीका समस्याहरूलाई समाधान गर्न तत्पर भएर लाग्नेमा व्यवसायी आशावादी देखिएको उम्मेदवार भट्टराई जानकारी दिए । घरदैलो कार्यक्रममा बोल्दै अर्यालले र्गिदो आर्थिक अवस्थालाई चलाएमान गराउँदै पुरानै अवस्थामा आफूहरूले ल्याउन अर्यालले व्यवसायीसामु प्रतिबद्धता जनाए ।
अर्याल नेतृत्व टिमले शुक्रबार राजमार्ग चौराहादेखि, अस्पताललाईसम्मका व्यवसायीसँग भेटघाट र घरदैलो गर्दै आफूहरूलाई मत दिन आग्रह गरेका छन् । बुटवललाई लामो समयदेखि बुझेको र आगामी दिनमा पनि बुटवल उवासंघलाई गतिशील दिसामा लाग्न सक्ने अत्यन्त अनुभवी र दुरदर्शिता टीम देखिएको छ ।
अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी छन । यो टिमले ११ बँुदे प्राथमितकता र प्रतिबद्धता अघि सारेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित