लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

अन्तर्राष्ट्रीय मन्चहरुमा समेत प्रतिनिधित्व बढाउदै तिलोत्तमा

एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संथाको सदस्यता प्राप्त गरेको छ।

स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको सो संस्थाको गत भदौ १५ गते सदस्यता प्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले बताए ।

सो संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु  आवद्ध छन् भने नेपालमा ३३ वटा पालिकाले सो सदस्यता लिएका छन्।

यस्ता शहरहरुमा रहेका पालिकाहरुले उप-राष्ट्रिय कूटनीतिमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिका लागि मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, र शान्तिको संस्कृतिको लागि काम गरिरहेका छन्।

जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ।नगर संगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित