श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

राममणिमा रक्तदान तथा मधुमेह परीक्षण

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवम् मधुमेह परीक्षण कार्यक्रमसम्पन्न भएको छ । आज (बिहीबार) रोट्रयाक्ट क्लब अफ राममणि क्याम्पस एवम् लायन्स क्लब अफ तिलोत्तमाको संयुक्त आयोजना र विद्यार्थी परामर्श समिति राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।

रोट्रयाक्ट क्लब अफ राममणिका अध्यक्ष मदन न्यौपाने र लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष खेमराज ढकालको संयुक्त अध्यक्षता तथा लायन्स इण्टरनेशनल ३२५ का डिष्ट्रिक्ट गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, रोट्रयाक्ट वर्ष २०२४–२५ का डी.आर.आर. विक्रम क्षेत्री, विद्यार्थी परामर्श समितिका संयोजक भिमलाल घिमिरे लगायतले कार्यक्रममा बोलेका थिए ।

रोट्रयाक्ट क्लब अफ राममणिका सचिव साक्षी तिवारीको सञ्चालनमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए भने ३६ जनाको मधुमेह परीक्षण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित