लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रामजानकी गौशलालाई निर्देशनालय द्वारा सोईला तथा किट हस्तान्त्रण

भैरहवा । साना ठुला जनावर, माया गरौ बराबर भन्ने मूल नाराको साथ बिश्व पशुपंक्षी दिवस मनाईएको छ ।

दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले सियारी गाउपालिकाको गौशलामा बिभिन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

निर्देशनालयले सियारी ३ स्थित रामजानकी गौशालामा विश्व पशुपन्छी दिवसको अबसरमा साईलेज र किट सहयोग गरेको आर्थिक बिकास तथा पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए ।

पशुपक्षीं बिकास तथा मत्स्य बिकास निर्देशनालयका प्रमुख डा. प्रवेश सिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा गौशालालाई पशु आहारामा सहयोग पुगोस भनेर करिब २० क्विन्टल साईलेज तथा १ वटा उपचार किट गौशलाका अध्यक्ष हेमकुमार कुर्मीलाई हस्तान्त्रण गरिएको छ ।
सो अबसरमा बोल्दै प्रमुख कुंवरले निर्देशनालयले आगामि दिनमा पनि यस्तो खालको सहयोगलाई निरन्तरता दिने उल्लेख गरे ।

सियारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामचन्द्र कुर्मीले गौशला सञ्चालनमा लागि बिभिन्न किसिमको कठिनाई रहेको उल्लेख गर्दै सबैको सहयोगको आबश्यकता रहेको उल्लेख गरे ।

पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले गौशालालाई दिगो रुपमा संचालनको लागि गोबरको विविधिकरण गर्दै प्रांगारिक मल, गड्यौला मल, दाउरा आदि बनाउनको लागि प्रबिधि हस्तान्तरण तथा हरियो घासमा आधारित आहारा व्यवस्थापनमा सहयोग गर्न आव्हान गरे ।

कायक्रममा वडा सदस्य मंगल थारु, पशुपन्छी बिकास निर्देसनालायका पशु बिकास अधिकृत लोकराज भुसाल लगाएतले बोल्दै गौशलालाई दिगो रुपमा सञ्चालनका लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित