श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुद्धको पहिलो पाईलाको पहलमा ३२ जनाको निशुल्क घुँडा प्रत्यारोपण

रुपन्देही । 
बुद्धको पहिलो पाईला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुँडा प्रत्यारोपण गरिएको छ । थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र  सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुडा प्रत्यारोपाण स्वास्थ्य शिविर गरिएको हो ।
सिद्धार्थ सिटिनगर हस्पिटल भैरहवासँग सहकार्य गरी थाइल्याण्डको सिरीराज हस्पिटलका प्रोफेसर डा. किराती सिको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले अत्याधुनिक प्रविधि मार्फत घुँडाको प्रत्यारोपण गरेका हुन ।

निकै महगो र खर्चिलो उपचारका रुपमा रहेको घुडाको प्रत्यारोपण बुद्धजन्मस्थल लुम्बिनी र यसआसपासका बिरामीलाई केन्द्रीत गरी निशुल्क रुपमा गरिएको छ । बुधबार एक कार्यक्रमकाविच घुडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीहरुको उत्साहका लागि आयोजित कार्यक्रममा नेपालमा आधुनिक प्रविधि मार्फत घुडाका बिरामीलाई निशुल्क उपचार गरेकोमा धन्यवाद दिइएको थियो । बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकहरुको पहलमा पहिलोपटक स्वास्थ्यशिविर गरिएको आयोजकहरुले बताएका छन ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले थाइल्याण्डको चिकित्सकहरुके टोलीले लुम्बिनी क्षेत्रका स्थानीयहरुको उपचार गरेर ठूलो योगदान दिएको बताए । उनले बुुद्धको उपदेश मानवसेवा नै भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताए । कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिक रुपमा विपन्नहरुलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकोमा थाइल्याण्डका बौद्धध्यान गुरु भिक्षु सुधर्मले खुशी व्यक्त गरे ।

नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि भिक्षु फ्रा अनिल सुगन्धले समन्वय गरेका थिए । उनले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज हस्पिटलका चिकित्सक प्रोफेसर किराँतीको अगुवाईमा ठूलो स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताए । उनले बुद्धकै प्रभावले आर्थिक रुपमा विपन्न समुदायलाई घुँडाको प्रत्यारोप गरेर थाइल्याण्डका चिकित्सकहरुको पवित्र काम गरेको बताए । उनका अनुसार डा. किराँती नेतृत्वको बुद्धको पहिलो पाईला परियोजनाले थाइल्याण्डका पनि ग्रामिण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोँच अनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताए । लुम्बिनी आएर बिरामीहरुको उपचार गर्न पाउँदा निकै खुशी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचले बताए । उनले उपचार गरेकाहरु २ घन्टामै हिड्न सफल भएको बताए ।  सोमबार १४ र मंगलबार १६ जना बिरामीहरुको घुँडाको अपरेशन गरिएको थियो ।

थाइल्याण्डका राजाको जन्मदिनको अवसर पारेर गत जुलाई २७ र ३० तारिखका दिन बुद्धजन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निशुल्क रुपमा छनौट स्वास्थ्य शिविर गरिएको थियो । त्यतिखेर ७ सय ७ जनाको निशुल्क परीक्षण गरिएको थियो । राजकीय थाई विहार लुम्बिनीको समन्वयमा शिविर भएको हो ।  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगहरुको निशुल्क उपचार सेवा स्थानीयहरुले पाएको बताए । उनले लुम्बिनी र बुद्धसँग जोडेर विहारहरुले यस्ता कार्यक्रमहरु बढाउनुपर्ने बताए ।

घुँडा प्रत्यारोपणका लागि बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थोरापी र नर्स र अन्य सहयोगी टिम सहित ४५ जनाको टिम थाइल्याण्डबाट आएको थियो । उपचारका लागि एक ट्रकभन्दा धेरै विभिन्न सामान तथा उपकरण ल्याएको थियो ।

सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुवोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महंगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफुहरुको अस्पतालमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा घुँडाको शल्यक्रिया गरिएका बिरामीहरु हिँडेका थिए ।

कार्यक्रममा थाइल्याण्ड राजदुतावासका प्रतिनिधि, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, राजकीय थाई विहार लुम्बिनीका सुफोत भन्ते, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिती रहेको थियो । मानवताका लागि प्रेम भन्ने नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज हस्पिटल १३५ बर्ष पूरानो हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित