लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिईएको छ । सन् २०२६ सम्ममा अल्पविकसित देशबाट पार गरेर सन् २०३० सम्ममा उच्च मध्यम आय भएको देश बन्ने लक्ष्य लिईएको हो ।

व्रिटिस एम्बेसीले व्रिटिस सरकारको ओभरसिज प्रोजेक्ट अन्तरगत नेपालमा ग्रिन ग्रोथ नेपाल परियोजना सुरु गर्ने तयारी गरेको छ ।

त्यस विषयमा मंगलबार बुटवल उद्योग वाणिज्य संघमा भएको छलफलमा ब्रिटिस एम्बेसी काठमाण्डौ इकोनोमिक डेभलपमेन्ट ग्रिन ग्रोथ ग्रुपका टिम लिडर रिचर्ड चैङले नेपालमा बेलायतको विकास प्राथमिकता नेपाल सरकारका प्राथमिकतासँग मिल्दोजुल्दो रहेको र उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य हासिल गर्न नेपालले थप आर्थिक रूपान्तरण गर्न तुलनात्मक लाभबाट प्रेरित रहेको बताए ।

उनले यो परियोजनाले हरित ऊर्जा, उद्योग र सेवाहरूमा लगानी मार्फत कम कार्बन वृद्धि पछ्याउने अवसर प्रदान गर्ने बताए ।

अवको करिव १ वर्षमा नेपालमा यो परियोजना सुरु हुने र त्यस अन्तरगत लुम्बिनी सहित मधेश प्रदेश र कर्णाली प्रदेशमा कार्यक्रम सञ्चालन गरिने उनले जानाकारी गराए । वार्षिक कुल हरितगृह ग्यास उत्सर्जन थोरै छ तर नेपाललाई हरित विकासको बाटोमा पु¥याउन अहिले लगानी नगरिएमा सन् २०५० सम्ममा तीन गुणा हुने प्रक्षेपण गरिएको छ ।

नेपालले हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ, हरित पूर्वाधार र व्यवसाय विस्तार गर्न एफडीआई र जलवायु वित्तको ठूलो स्तरलाई प्रोत्साहन गर्न र जलवायु–अनुकूल पूर्वाधार र शहरी योजना विकास गर्न ग्रीन ग्रोथ नेपालले नेपाल सरकारलाई मद्दत गर्ने पनि उनले बताए ।

त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपालमा उद्योग क्षेत्रमा सम्भावना भएपनि राम्रो वातावरण नहुँदा उद्योगी व्यवसायी निरुत्सायित भएको बताए ।

उनले उद्योगी व्यवसायीलाई उत्साहित गर्नको लागि संघमै कोशेली घर सञ्चालन गरिएको र विजनेश डेभलपमेन्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । उनले बुटवलको पुराना बजार बटौली बजारलाई पुनः चलायमान बनाउनको लागि पर्यटकीय गन्तव्य बनाउन चाहेको पनि जानकारी गराए । अध्यक्ष कसजूले यो परियोजना सफल बनाउनको लागि संघको तर्फबाट पूर्ण सहयोग रहने र सहकार्यको लागि समेत तयार रहेको जानकारी दिए ।

त्यस्तै ग्रिन ग्रोथ नेपालकी सल्लाहकार सविता थापाले यो परियोजनाले विजनेस ग्रोथ गर्न फेसिलेट गर्ने, आफै लगानी गर्न नसक्नेलाई इन्भेटमेन्टको खोजी गर्न सहयोग गर्ने र अरु थप के गर्न सकिन्छ त्यस विषयमा पनि अध्ययन भईरहेको जानकारी दिए।

छलफलमा ग्रीन ग्रोथ नेपालका कन्सल्टेन्टहरु, संघका पदाधिकारी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । त्यस्तै यो टोलीले संघले सञ्चालन गरेको कोशेली घरको समेत अवलोकन गरेको थियो ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित