दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित

अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनीसहितको टीम सर्वसम्मत चुनिएको हो ।

अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा रमेश ढकाल सहसचिवमा मनिषा ज्ञवार्ली र शोभाखर गिरी, कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरेसहित ५१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार उद्घाटन भएको अधिवेशन रातभरको तयारीपछि शनिबार बिहान सर्वसम्मत घोषणा गरिएको थियो । एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्लले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्णरुपले लाग्न निर्देशन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित