उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

बुटवल उवासंघ अधिबेशनः दिनेश प्रसाद श्रेष्ठ प्यानलको उम्मेद्वारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नयां नेतृत्वको लागि हुन लागेको अधिबेशनमा दिनेश प्रसाद श्रेष्ठ समुहले उम्मेदवारी सार्वजनिक एवं घोषणा गरेको छ ।

संघको यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी दिनेशप्रसाद श्रेष्ठ अध्यक्ष रहनेगरी समुहले उम्मेदवारी सार्वजनिक गरेको हो ।

घोषणा गरिएको उम्मेदवारमा बरिष्ठ उपाध्यक्षमा टंक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा नविन प्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा विमलराज भटट्राई, महासचिवमा बावुराम वि.क. छन् ।

त्यस्तै कोषाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा अफिर हुसेनले उम्मेदवारी घोषणा गरेका छन् । सो उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठ बुटवल शहरलाई मुलुका अन्य क्षेत्रिय शहर एवं बजार संग प्रतिस्पर्धी बजार बनाउन आफुले पहल गर्ने बताए ।


उनले सवारी पार्किङ व्यवस्थापन देखि व्यवसायी मैत्री बातावरण बनाउन पहल गर्ने बताए । अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठलाई पुर्व अध्यक्षहरुले साथ दिएका छन् । सोही कार्यक्रममा एमालेका शुभचिन्तकहरु पनि उपस्थित भएका छन् । दिनेश प्रसाद श्रेष्ठ समुहले उम्मेदवारी घोषणा गरे संगै हरि अर्यालको समुहले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छ । अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयां नेतृत्व चयन गर्नेछ । संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित