काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

पैगम्बरको जन्मदिनमा मदिना मदरसा द्वारा विभिन्न सामाजिक कार्यक्रम

बुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद बुटवल–५ ले इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्भको १४९८ औं शुभ जन्मदिवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

परिषदले रक्तदान, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दामा) आवश्यक जिन्सी सामान वितरण, बुटवल १ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण र मस्जितमा धार्मिक प्रवचन गरेको हो । परिषदले हरेक वर्ष पैगम्बरको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

मस्जितमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै मदिना मदरसा मस्जित प्रबन्ध परिषदका अध्यक्ष साकुर मियाले आगामी आउदो दिनमा एम्बुलेन्स र स्वास्थ्य सेवा सञ्चालन गर्ने आफ्नो सोच रहेको बताए । अध्यक्ष मियाले सामाजिक क्षेत्रमा परिष्द आउदा दिनमा पनि काम गर्दै जाने बताए ।


सो अवसरमा बुटवल वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले पैगम्बरको समाजसेवामा विचारलाई सबैले अनुशरण गर्न आवश्यक रहेको बताए । मानव समाजका विकृतिहरुलाई चिरेर समाजलाई सभ्य बनाउन सबैले काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले मुस्लिम समुदायलाई रक्तदान गर्ने चेतनाको विकास गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष चौहानले मधेशी र मुस्लिम समुदायमा अझै पनि रक्तदान गर्न डराउने गरेको बताउँदै रक्तदान नै सबैभन्दा ठूलो सामाजिक कार्य रहेको बताए । रक्तदानमा ५० पोइन्ट भन्दा बढी रगत संकलन भएको परिषदका सचिव सबर मियाले बताए ।

परिषदका संरक्षक जमाल मियाले सामाजिक कार्यलाई निरन्तरा दिन आग्रह गरे । मदिना मदरसा मस्जित प्रबन्ध परिषदका अध्यक्ष साकुर मियाको अध्यक्षता, परिषदका वरिष्ठ उपाध्यक्ष जलिउल्लाह मियाको स्वागत तथा सचिव सवर मियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित