श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि

बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि गरिएको छ ।

स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेश विपरीत लुम्बिनी विकास कोषले शुल्क बृद्धि गरेको हो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत प्रदान गर्नुपर्नेमा कोषले प्रवेश शुल्क बृद्धि गरेको हो ।

कोषको गत साउन २९ गते बसेको परिषद् बैठकले असोज १ गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो । उक्त बैठकले नेपालीलाई तय गरिएको प्रवेश शुल्क बृद्धि गरेको छैन । भारतीय, सार्क र तेस्रो मुलुकका पर्यटकका लागि बढाइएको छ ।

साउनमै शुल्क बढाउने निर्णय भए पनि निर्णय कार्यान्वयन पछि मात्रै बल्ल यसबारे पर्यटन क्षेत्रमा सरोकार राख्नेलाई बल्ल जानकारी भएको हो । भारतीय नागरिकका लागि यसअघि ४० रुपैयां शुल्क थियो ।

अहिले ८० रुपैयां पुर्याइएको छ । सार्क मुलुकका नागरिकका लागि यसअघि तीन सय रुपैयां शुल्क थियो । अहिले उक्त शुल्क बृद्धि गरेर चार सय रुपैयां बनाइएको छ ।

तेस्रो मुलुकका नागरिकले मायादेवी प्रवेश गर्न ६ सय रुपैयां तिर्नुपथ्र्यो ।

अहिले ८ सय बनाइएको छ । कोष सदस्य सचिब सानुराजा शाक्यले सबैतिर महंगी बढेकाले शुल्क पनि बृद्धि गरिएको बताए । थोरै शुल्क बृद्धिलाई अन्यथा लिन नहुने उनको भनाई छ ।

यहाँ २०६५ सालबाट प्रवेश शुल्क लगाएको थियो । उक्त निर्णय बिरुद्ध स्थानीय दीलीप बनियाँले सर्वोच अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले शुल्क नलिन आदेश गरेको थियो । आदेशपछि नेपालीबाट शुल्क नलिए पनि विदेशीबाट विकास कोषले असुल्दै आएको थियो ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा २०७५ जेठ १ गते बसेको बैठकले उही वर्षको भाद्र १ गतेदेखि नेपालीबाट पनि शुल्क लिने निर्णय गरेको थियो । पहिले एउटा टिकटको ३ दिनसम्म मान्यता हुन्थ्यो ।

अहिले विहान ६ बजेदेखि सांझ ८ बजेसम्म मात्र मान्य हुन्छ । कतिपयले शुल्क बढाइएकाप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित