श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

देबिनगरमा गणपति मिष्ठान्न भण्डारको छैठौं शाखा आज देखि शुभारम्भ

बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उप–महानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन ।
व्यवसायी मेघराज पन्तले फेन्चाईजको रुपमा देवीनगरमा सञ्चालनमा आएको छ । सोमबार बुटवल उप–महानरपालिकाका प्रमुख खेलराज पाण्डेले पसलको शुभारम्भ गर्दै व्यवसायीक सफलताको शुभकामना दिए । लामोसमय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका उनले देवीनगरमा शाखा सञ्चालनगरेका हुन ।
फार्ममा उत्पादित दुध, दही घीउ बाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको सञ्चालक पन्तले जानकारी दिए । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ । देवीनरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरीजन्य पोड्क्ट उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्तले जानाकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित