बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

नाट्टाको आयोजनामा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुँदै

बुटवल । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ ।

विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।

बुटवलको पुलचेकस्थित दुर्गामन्दिर परिसरमा आयोजना हुने महाआरती कार्यक्रम लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण हुने उनले बताइन् ।

कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्तक रहेको छ भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको छ ।

महाआरती कार्यक्रममा नेपालका आधिकारिक एवं ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभुषित “बालसन्त” मोहनशरण देवाचार्य महाराज।ीको आगमन हुने भएकाले उपस्थितिको लागि नाट्टाले सबैमा अनुरोध गरेको छ ।

नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ ।

अध्यक्ष पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताईन् ।

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक कार्यहरुले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने बिश्वासका साथ सन्ध्याकालिन आरती आयोजना गर्न लागिएको उनले बताईन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित