जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बजारमा प्रतिस्पर्धा गर्न र दक्ष जनशक्ति उत्पादन गर्न व्यवहारिक शिक्षा आवश्यकता रहेको बताएका छन् । अहिलेको शिक्षा प्रणालीलाई सुधार गर्दै प्राविधिक एवं व्यवहारिक बनाउन सकेमा मात्र नेपाली विद्यार्थीहरु विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने उनले बताए ।


तिलोत्तमामा रहेको लुम्बिनी वल्र्ड स्कुलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्राविधिक सहितको शिक्षाले नै विद्यार्थीहरुलाई बढि अवसर प्राप्त हुने बताए । साथै उनले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान र विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउन अभिभावकको समेत उत्तिकै महत्व हुने बताए ।

साथै उनले युग सुहाउंदो शिक्षाका लागि सवै लाग्नुपर्ने बताए । सामुदायिक विद्यालयको शिक्षामा पनि परिर्वतन गर्न जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले कितावी ज्ञान भन्दा पनि व्यवहारिक शिक्षा विद्यालयले दिदै आएको बताए । विद्यार्थीहरु स्कुलमा आएर पढ्ने मात्र नभई अन्य सिर्जनशिल काम गर्ने भन्दै विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा विद्यालयबाट प्रदान भएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विज्ञान प्रदर्शनी समेत गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित