श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बजारमा प्रतिस्पर्धा गर्न र दक्ष जनशक्ति उत्पादन गर्न व्यवहारिक शिक्षा आवश्यकता रहेको बताएका छन् । अहिलेको शिक्षा प्रणालीलाई सुधार गर्दै प्राविधिक एवं व्यवहारिक बनाउन सकेमा मात्र नेपाली विद्यार्थीहरु विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने उनले बताए ।


तिलोत्तमामा रहेको लुम्बिनी वल्र्ड स्कुलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्राविधिक सहितको शिक्षाले नै विद्यार्थीहरुलाई बढि अवसर प्राप्त हुने बताए । साथै उनले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान र विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउन अभिभावकको समेत उत्तिकै महत्व हुने बताए ।

साथै उनले युग सुहाउंदो शिक्षाका लागि सवै लाग्नुपर्ने बताए । सामुदायिक विद्यालयको शिक्षामा पनि परिर्वतन गर्न जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले कितावी ज्ञान भन्दा पनि व्यवहारिक शिक्षा विद्यालयले दिदै आएको बताए । विद्यार्थीहरु स्कुलमा आएर पढ्ने मात्र नभई अन्य सिर्जनशिल काम गर्ने भन्दै विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा विद्यालयबाट प्रदान भएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विज्ञान प्रदर्शनी समेत गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित