लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो ।

शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाएको जनाएको छ । नगरका सबै पशुलाई लम्की स्किनविरुद्धको खोप लगाइएको हो ।

पशु चिकित्सक डा। उर्जा देवकोटाले नगरभित्र ५ हजार ९३ वटा गाईगोरु रहेकोमा ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए । ‘नगरभित्र ५ हजार ९३ गाईगोरु छन् । त्यसमध्ये हामीले ४ हजार ७४८ गाईगोरुमा खोप लगाएर सकेका छौँ ।’ उनले भने, ‘रोग लागेका र गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन् ।’

साथै नगरभित्र संङ्मित पशुको सङ्ख्या ८३६ रहेको पशु चिकित्सक देवकोटाले बताए । हाल उपचाररत पशुको संख्या ४४ रहेको र १०६ गाईगोरु लम्की स्कीन रोगबाट मरेको उनको भनाइ छ ।

नगरले भयावह अवस्था आउन सक्ने आंकलन गरेर पहिले नै सबै पशुमा लम्की स्कीनविरुद्धको खोप लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

अर्यालले नगरपालिकाले पशुमा देखिएको लम्की स्किन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०–८१ को बजेटमा २० लाख विनियोजन गरेकोमा १० लाखमा काम सम्पन्न भएको बताए ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको उनको भनाइ छ । तिलोत्तमा नगरपालिका –२ का वडाध्यक्ष दिलबहादुर भट्टराईले नगरपालिकाले समयमा नै लम्की स्किनको खोप दिन सुरु गरेकाले धेरै पशुहरु यस रोगबाट जोगिएको बताए ।

कार्यक्रमा लम्की स्किनको खोप लगाउने प्राविधिक र स्वयंसेवक विद्यार्थीलाई सम्मान गरिएको थियो ।

रेबिजविरुद्ध निःशुल्क खोप

यस्तै, तिलोत्तमा नगरपालिकाले शुक्रबारदेखि नै १७ औँ विश्व रेबिज रोगविरुद्धको साप्ताहिक निःशुल्क खोप कार्यक्रमको सुरुवात गरेको छ ।

खोप कार्यक्रमको जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले कुकुरलाई रेबिजविरुद्धको खोप लगाइदिएर कार्यक्रमको सुरुवात गरे । यो अभियान एक हप्तासम्म चल्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित