श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो ।

शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाएको जनाएको छ । नगरका सबै पशुलाई लम्की स्किनविरुद्धको खोप लगाइएको हो ।

पशु चिकित्सक डा। उर्जा देवकोटाले नगरभित्र ५ हजार ९३ वटा गाईगोरु रहेकोमा ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए । ‘नगरभित्र ५ हजार ९३ गाईगोरु छन् । त्यसमध्ये हामीले ४ हजार ७४८ गाईगोरुमा खोप लगाएर सकेका छौँ ।’ उनले भने, ‘रोग लागेका र गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन् ।’

साथै नगरभित्र संङ्मित पशुको सङ्ख्या ८३६ रहेको पशु चिकित्सक देवकोटाले बताए । हाल उपचाररत पशुको संख्या ४४ रहेको र १०६ गाईगोरु लम्की स्कीन रोगबाट मरेको उनको भनाइ छ ।

नगरले भयावह अवस्था आउन सक्ने आंकलन गरेर पहिले नै सबै पशुमा लम्की स्कीनविरुद्धको खोप लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

अर्यालले नगरपालिकाले पशुमा देखिएको लम्की स्किन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०–८१ को बजेटमा २० लाख विनियोजन गरेकोमा १० लाखमा काम सम्पन्न भएको बताए ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको उनको भनाइ छ । तिलोत्तमा नगरपालिका –२ का वडाध्यक्ष दिलबहादुर भट्टराईले नगरपालिकाले समयमा नै लम्की स्किनको खोप दिन सुरु गरेकाले धेरै पशुहरु यस रोगबाट जोगिएको बताए ।

कार्यक्रमा लम्की स्किनको खोप लगाउने प्राविधिक र स्वयंसेवक विद्यार्थीलाई सम्मान गरिएको थियो ।

रेबिजविरुद्ध निःशुल्क खोप

यस्तै, तिलोत्तमा नगरपालिकाले शुक्रबारदेखि नै १७ औँ विश्व रेबिज रोगविरुद्धको साप्ताहिक निःशुल्क खोप कार्यक्रमको सुरुवात गरेको छ ।

खोप कार्यक्रमको जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले कुकुरलाई रेबिजविरुद्धको खोप लगाइदिएर कार्यक्रमको सुरुवात गरे । यो अभियान एक हप्तासम्म चल्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित