प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

राधाकृष्ण मन्दिरमा शनिबार देखि महायज्ञ

बुटवल । बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्घिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा शनिबारदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले हिन्दु धर्मको उदगम भूमिको पहिचान बनाएको नेपालमा संस्कार, संस्कृति जगाउन जरुरी रहेको बताए । चपरामा कुम्भमेला लगाउने विषयमा शासास्त्रबाट अगुवाई गरेका जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट सत्संग हुने उनले बताए । नेपालका प्रथम जगतगुरु जसले नेपालमा कुम्भ मेला चलाएको उनले बताए ।

धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिदै उनले यसका लागि धर्मको शिक्षा लिने रुपमा प्रवचनसंगै संत्संग कार्यक्रम हुने बताए । दैनिक २–५ बजेसम्म कार्यक्रम हुने उनले बताए । यसैगरी भागवात प्रवचक डा यादवशरण गर्तौलाबाट भागवात प्रवचन हुने र देशभित्र मात्र नभई भारतबाट समेत धेरै सन्त मन्तहरुको उपस्थिति रहने उनले बताए ।

जगतगुरु कुनै एउटा सम्प्रदाय नभई सबैको साझा भएको उनले बताए । धर्मसंस्कृतिको संरक्षणसंगै मन्दिरको आर्थिक अवस्थालाई सहज हुने गरि महायज्ञ चलाउन लागिएको उनले बताए ।

मन्दिरको जग्गा र आफ्नै गुठी नहुदा पनि मन्दिर ब्यवस्थापनमा समस्या रहेको छ । बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको उनले बताए । कार्यक्रममा भागवात प्रवचक डा यादवशरण गर्तौलाले भदौको शुक्ल पक्ष सबैभन्दा धेरै चाडपर्व पर्ने समय भएको भन्दै यो समयमा भागवात सप्ताह श्रवण धेरै राम्रो हुने बताए ।

गाईको दूध, बगैचाको फुल, विद्या, कुवाको पानी र सम्पत्ति जति दान गर्दा पनि नघट्ने भन्दै दान पुण्य कर्म भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले वडामा रहेका धार्मिक, पर्यटकिय स्थलको संरक्षणमा स्थानिय सरकारबाट निरन्तर सहयोग गर्दै आएको बताए । कार्यक्रममा मन्दिरका सचिव नवराज चापागाईले शनिबार बिहान कलश यात्रा र दिउँसो समुद्घाटन कार्यक्रम हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित