लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ (तस्वीरहरु)

बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह थापाको योगदानको चर्चा गरे ।

विगत ६० वर्षअघि स्थापना भएको विद्यालयको ब्यवस्थापन समितिबाट नेपालको स्वाभिमान जोगाउने योद्दा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको उनले बताए ।

उजिरसिह माविका अध्यक्ष विमल बहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाको योगदानलाई भुल्न नसकिने भन्दै प्रत्येक नेपालीको गर्वको विषय भएको बताए ।

पाली र नेपालको रक्षार्थ नेपाली सेना कहिल्यै सम्झौता नगरेको भन्दै नालापानी, जितगढी किल्लामा भएको युद्धको स्मरण गरे ।

कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापा, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापा, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा न. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, विद्यालयका पुर्व प्रअ मित्रलाल भण्डारीले सफलताको शुभकामना दिए ।

विद्यालय परिसरबाट शुरु भएको र्याली पारी बुटवल, हाटबजार, जनबिनायक मन्दिर, निमचोक हुंदै पुनः विद्यालयमा पुगेर समापन गरिएको थियो । र्यालीमा विद्यार्थी, टोल समिति, जातीगत संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित