दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ (तस्वीरहरु)

बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह थापाको योगदानको चर्चा गरे ।

विगत ६० वर्षअघि स्थापना भएको विद्यालयको ब्यवस्थापन समितिबाट नेपालको स्वाभिमान जोगाउने योद्दा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको उनले बताए ।

उजिरसिह माविका अध्यक्ष विमल बहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाको योगदानलाई भुल्न नसकिने भन्दै प्रत्येक नेपालीको गर्वको विषय भएको बताए ।

पाली र नेपालको रक्षार्थ नेपाली सेना कहिल्यै सम्झौता नगरेको भन्दै नालापानी, जितगढी किल्लामा भएको युद्धको स्मरण गरे ।

कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापा, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापा, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा न. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, विद्यालयका पुर्व प्रअ मित्रलाल भण्डारीले सफलताको शुभकामना दिए ।

विद्यालय परिसरबाट शुरु भएको र्याली पारी बुटवल, हाटबजार, जनबिनायक मन्दिर, निमचोक हुंदै पुनः विद्यालयमा पुगेर समापन गरिएको थियो । र्यालीमा विद्यार्थी, टोल समिति, जातीगत संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित