काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

आर्थिक मन्दी र चरम महंगीले विदेश पलायन भए रामु गैह्रे

बुटवल ।
बुटवलका युवा व्यवसाय रामु गैह्रे विदेश पलायन भएका छन् ।

देशमा स्वरोजगार बन्दै अरुलाई समेत रोजगारी दिएका रामु अहिले आफै विदेश पलायन भएका हुन ।

बुटवलमा १५ बर्ष सम्म सामाजिक संघसंस्था, व्यवसाय एवं राजनीतिमा सक्रिय रामु विदेश पलायन भए संगै सवल र सक्षम भएका युवा पुस्ताहरुलाई पनि देशको आर्थिक मन्दी र चरम महंगीको प्रभावमा परेको स्पष्ट भएको छ ।

‘देशमा केही गर्नुपर्छ भन्ने लागेको थियो । मैले सामाजिक काममा समय विताउँदा पनि देशमै केही गरौ । भन्थे तर अहिले त्यस्तो परिस्थिती रहेन । नेपालमा बसेर लगानी गरेर अहिले बैंकको व्याज समेत तिर्न सक्ने अवस्था नभएपछि विदेश हिड्नुप¥र्यो’ उनले भने ।

स्याङजाको गल्याङ नगरपालिका–९ गेझा घर भई १५ वर्षदेखि बुटवल दीपनगरमा बस्दै आएका ३९ वर्षिय रामु जापान पुगेका छन् ।

राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीको सदस्य, नेपाल खेलकुद महासंघ रुपन्देहीको सदस्य, लायन्स क्लब बुटवल देउरालीको सदस्य, जागृति र सिद्धार्थ बहुउद्देश्यीय सहकारीका शेयरधनी अनि एक करोड लगानीको माउन्टेन कलेक्स फेन्सी पसलका मालिक रामु बुटवलमै जमेर व्यवसाय अनि राजनीति र सामाजिक संघ–संस्थाको नेतृत्व गर्दै समाज रुपान्तरण गर्नुपर्छ भन्ने मान्यतामै थिए ।

तर देशमा कोरोना पछि भएको आर्थिक मन्दिले आफु चल्नै नसक्ने अवस्थामा भएपछि विदेश पलायन हुनु परेको उनले बताए ।

जापानको टोकियो शहरको एक रेष्टुरेन्टमा काम गरिरहेका रामुले अहिले जापानामा मासिक कमाई राम्रो भएपनि नेपाललाइ भने सधै सम्झिरहेको बताउँछन् ।

झण्डै एक करोड लगानी गरेर एकजना साथीसँग मिलेर बुटवलको दीपनगरमा फेन्सी पसल सञ्चालन गरेका रामु कोरोना पछि व्यवसाय चौपट भएकै कारण विदेशिनु परेको उनले बताए ।

‘बैंकबाट क्रृण लिएर व्यवसाय गरे । तर त्यसले प्रतिफल दिन सकेन । बैंकबाट ऋण लिएर व्यापारमा लगानी गर्दा १० पटक सोचेर मात्र गर्नुपर्ने शिक्षा मैले पाए’ उनले भने ।

मुलुकको वर्तमान विषम परिस्थितिले जापान आउनुपरे पनि केही वर्ष काम गरेपछि नेपालमै फर्केर राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील हुने रामुको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित