लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बौद्ध युवा ज्ञानमाला संघको आयोजनामा निशुल्क आँखा जाँच सम्पन्न

बुटवल । बौद्ध धर्मालम्बीहरुले एक महिना लामो बनाउँने गुँला धर्म पर्वको अवसरमा बुटवलका निशुल्क आँखा जाँच सम्पन्न भएको छ ।

बौद्ध युवा ज्ञानमाला संघको आयोजना र शाक्य समाज बुटवलको सह आयोजनामा भएको आँखा शिविरमा लायन्स आँखा अस्पताल बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

सो शिविरमा १५५ जनाले आँखाको उपचार गराएको बौद्ध युवा ज्ञानमाला संघका अध्यक्ष धिरेन्द्रमणी तुलाधरले जानाकारी दिए । त्यस्तै सोही अवसरमा गरिएको सुगर र प्रेसर जाँचबाट १६८ जनाले निशुल्क परिक्षण गरेकाे उनले बताए ।

मनाईयो गुँला धर्म पर्व

गुँला पर्व बुद्ध धर्म संस्कारमा एक महिना सम्म विशेष रुपले मनाउने गरिन्छ । गुँला भन्नाले नेपाल संवत अनुसार बर्षको नौ महिनालाई जनाउँछ । गुँ भन्नाले नौ र ला भन्नाले महिना भनेर बुझिन्छ । गुँला धर्म पर्व विशेष गरी काठमाडौंमा नेवास समुदाय मनाउँने गर्दछन् । काठमाडौं बाट बसाई सराई गर्ने क्रममा गुँला धर्म पर्व पनि देशका अन्य भागमा पनि मनाउन थालिएको छ ।

बुटवलको वडा नंं १ मा रहेको पद्म चैत्य विहारमा पनि साउन ३२ गते प्रतिपदा देखि भदौ ३० गते सम्म धार्मिक क्रियाकपाल, बुद्ध भजन, शिल ग्रहण, बुद्ध पुजा तथा धर्म दर्शना श्रवणी गरी गुँला धर्म पर्व मनाइएको छ ।

भदौ ३२ गते पद्म चैत्य विहार अन्तर्गत बौद्ध युवा ज्ञानमाला संघको अगुवाइमा पर्वको समापन गरिएको थियो । उक्त कार्यक्रमकाे विहारका र्धम्मानु शासक भिक्षु कविन्द्र स्थवीरले उद्घाटन गरेका थिए।

कार्यक्रममा बौद्धिक व्यक्तिहरु राम बहादुर शाक्य, जिवन प्रसाद ओझा, बौद्ध महिला संघकी अध्यक्ष उत्तमा उदास, पद्म चैत्य विहारका सञ्चालक समिति अध्यक्ष सुरेश रत्न बज्रचार्य लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रममा समितिका कोषाध्यक्ष कपिल शाक्यले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा बौद्ध युवा ज्ञानमाला संघका अध्यक्ष धिरेन्द्रमणी तुलाधरले आर्थिक सहयोग गर्ने र उपस्थिती सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम बुद्ध युवा ज्ञानमाला संघका सचिव अर्नलराज शाक्यले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित