श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पहिलो पाईला नेपाल बुटवल शाखा द्वारा भाग्य बोक्ने झोला वितरण

बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले अर्घाखाँचीमा पुगेर अति गरिव तथा विपन्न विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरेको छ । बुटवल शाखाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा गरिब, असहाय तथा अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरेको हो ।

सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनोद बस्यालले जानकारी दिए ।

पहिलो पाईला नेपालको शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला विद्यार्थीहरुलाई वितरण गरेको उनले बताए ।

कार्यक्रमको अध्यक्ष बुटवल शाखाका शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।


सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाललाई शुभकामना दिए । उनले विद्यार्थीहरुलाई झोला, पोशाकका साथै शैक्षिक सामाग्री प्रदान गर्दा विद्यार्थीहरुमा उत्साह हुने गरेको र यसले विद्यार्थीहरुलाई विद्यालयमा निरन्तर आउन प्रेरित गर्ने बताए ।

कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रीय महासचिव बिनोद महत, भुमेकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तोपलाल सापकोटा, वडा नं ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, भुमिकास्थान नगरपालिका वडा नं ३ का वडा सदस्यहरु होम बहादुर सुनार, दासु राम भुसाल, बिस्नु सुवाल नरेन्द्र पाण्डे, सिद्धार्थ आधारभुत बिद्यालय प्राचार्य खेमराज भाट, शंकर जनसेवा आधारभुत बिद्यालयका प्राचार्य सालिकराम खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्य लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताए ।

शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेको सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी समीप नेपालीले बताए ।


पहिलो पाईला नेपाल बुटवल शाखाका सह–कोषाध्यक्ष नरेस न्यौपानेको स्वागत, कोषाध्यक्ष सन्तोष के.सीको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन शाखाका सचिव राजन अधिकारीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित