लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पद्म चैत्य विहारमा सकियो एक महिना लामो गुँलाधर्म (गुँलाभजन) कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको पद्म चैत्य विहारमा लागेको एक महिने गुँला धर्म (गुँलाभजन) कार्यक्रम सकिएको छ ।

साउन ३२ गते देखि भदौ ३० गते सम्म पद्म चैत्य विहारमा गुँला धर्म (गुँलाभजन) कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रमको अन्तीम दिन विहार स्थित बौद्ध महिला संघको ३० औं बार्षिक साधारण सभा भएको छ ।

गुँला धर्मको अन्तिम दिन भाद्र ३० गते गरिएको संघको साधारण सभाको एक कार्यक्रमका बीच विहारका र्धम्मानु शासक भिक्षु कविन्द्र स्थवीरले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले यस्ता पर्वहरुले सामाजिक एवं सांस्कृतिक महत्व दर्साउने भन्दै निरन्तरता दिन आग्रह गरे ।

संघकी अध्यक्ष उत्तमा उदासको अध्यक्षतामा भएको सो कार्यक्रममा ६ जना महिलाहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मानित भएकी मायादेवी शाक्य, सल्लाहकार जीवन प्रसाद ओझा, बौद्ध युवा संघका अध्यक्ष धिरेद्रमणी तुलाधर, पद्म चैत्य विहारका सञ्चालक समितिका अध्यक्ष सुरेश रत्न बज्रचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष उर्मिला शाक्यले कोषाध्यक्षको प्रतिबेदन तथा महासचिव निरु बज्रचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन । त्यस्तै कार्यक्रममा धन्यवाद ज्ञापन संघी उपाध्यक्ष भाग्यलक्ष्मी शाक्यले गरेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित