श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

भदौ ३१ गते दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको पर्व बड्का अट्वारीको अवसरमा तीन जिल्लामा बिदा दिएको छ।

थारू बुहल क्षेत्र दाङसहित बाँके र बर्दियामा भदौ ३१ गते अट्वारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गत चैत १७ को निर्णय अनुसार बिदा दिइएको गृह मन्त्रालयका अधिकृत माधव शर्माले जारी गरेको सूचनामा उल्लेख छ।

थारू समुदायमा अट्वारीको महत्व

थारू समुदायले अट्वारी सम्मान र आपसी सद्भाव साटासाट गर्ने पर्वका रूपमा मनाउने गर्छन्। उनीहरू यो पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछिको आइतबारका दिन मनाउने गर्छन्।

उनीहरू यो पर्व खासगरी सूर्य अर्थात् शक्तिको उपसनाको लागि मनाउने गर्छन्।

अट्वारीमा थारू पुरूष पानी पनि नखाई ब्रत बस्ने प्रचलन छ। आफ्नो लागि भनेर चोखो खानेकुरा आफैं पकाउँछन्। उनीहरू खास गरी यो पर्वमा रोटी, केरा, दही, क्राँका, अम्बाजस्ता स्थानीय परिकार खाने गर्छन्। यस्ता परिकार खानुभन्दा पहिला पूजा गर्ने गर्छन्।

त्यसको भोलिपल्ट (सोमबार) बिहान पाँच वा सात प्रकारका गेडागुडीयुक्त तरकारी, खाना खान्छन्। त्यसपूर्व उनीहरू आफ्ना छोरी चेलीका लागि (कोसेली) अग्रासन छुट्याउने गर्छन्।  त्यसरी छुट्याइएको कोसेली छोड्न उनीहरू आफैं छोरी चेलीको घर पुग्ने गर्छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित