लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि आयो जहाज

गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज आएको छ ।

पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रबार उडान भरेको छ ।काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका थिए ।

आज शुक्रबार मौसम सफा रहेको र यात्रु न्यून रहँदा पनि उडान भरेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

मौसम खराबीका कारण भन्दै असार पहिलो हप्ताबाट उडान नभरेको विमानले मौसम सफा रहेमा नियमित उडान भर्ने थापाले बताए ।

नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रवार बिहान साढे छ बजे काडमाडौँबाट र रेसुङ्गाबाट  काठमाडौँका लागि ७ः४० मा उडान भर्ने गरी समय निर्धारण गरेको छ ।

काठमाडौँबाट रेसुङ्गाका लागि ६ हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि ६ हजार तीन सय भाडा निर्धारण गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित