श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि आयो जहाज

गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज आएको छ ।

पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रबार उडान भरेको छ ।काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका थिए ।

आज शुक्रबार मौसम सफा रहेको र यात्रु न्यून रहँदा पनि उडान भरेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

मौसम खराबीका कारण भन्दै असार पहिलो हप्ताबाट उडान नभरेको विमानले मौसम सफा रहेमा नियमित उडान भर्ने थापाले बताए ।

नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रवार बिहान साढे छ बजे काडमाडौँबाट र रेसुङ्गाबाट  काठमाडौँका लागि ७ः४० मा उडान भर्ने गरी समय निर्धारण गरेको छ ।

काठमाडौँबाट रेसुङ्गाका लागि ६ हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि ६ हजार तीन सय भाडा निर्धारण गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित