श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुवाको मुख हेर्ने दिनमै दाङमा छोराले मुड्कीले हान्दा बाबुको गयो ज्यान

बाबुको मुख हेर्ने दिनमै गए राति दाङ धर्नामा छोराले बाबुको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० बजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।

कुटपिटमा संलग्न छोरा सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मादकपदार्थ सेवन गरेका बाबु र छोराबीच आपसमा विवाद हुँदा सन्तोषले प्रेमलाई मुड्कीले हानेर हत्या गरेको प्रहरीको भनाइ छ।

यसअघि नै उनले घर परिवारसँग पैसा मागिरहने र पैसा नदिए मार्ने, काट्ने भनेर धम्की दिंदै आएको खुलेको छ। छोराले बाबु नमर्दै काजक्रिया गर्ने भन्दै कपाल समेत काटेको स्थानीयहरूले प्रहरी समक्ष बयान दिएका छन्।

विदेश गएर अलपत्र परेपछि घरका बाबु आमाले पैसा हालिदिएर छोरालाई विदेशबाट फर्काएका थिए। विदेशबाट फर्केपछि छोराले दिनहुँ जसो पैसा मागेर घर परिवारलाई सताउने गरेको पनि स्थानीयहरूले प्रहरीलाई बयानमा भनेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित