श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

 पाल्पामा विजय उत्सवको ऐतिहासिक राष्ट्रिय भगवती रथयात्रा निकालियो 

पाल्पा । तत्कालिन कर्णेल उजिर सिंह थापाले अग्रेज सेना माथी बुटवल जितगढी क्षेत्रमा  विजय हासिल गरेको खुशियालीमा  श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथयात्रा  विजयउत्सव निकालिएको छ ।
 बुटवलको जितगढी लगायतको क्षेत्रमा वि.स. १८७२ मा अंग्रेज सेना माथि  नेपाली सेनाको तर्फबाट कर्णेल  थापाले  विजय प्राप्त गरेका थिए ।
विस १८७२ दृखी १८७६ देखि भगवती मन्दिर स्थापना गरेर  १८७७ देखी विजयउत्सव स्वरुप भगवतीको  रथ जात्रा संचालन हुदै आएको छ ।
युद्धमा जानु भन्दा अगाडी थापाले विजयी हासिल गरे प्रत्येक वर्ष सिन्दुर जात्रा  गर्ने भाकल गरी युद्धमा विजय हासिल गरेकाले जात्रा मनाउन थालिएको इतिहास छ ।
नेपाल र अंग्रेज बीच भएका ५ वटा युद्धहरू मध्ये तत्कालीन पाल्पाली सेनाले मात्र युद्धमा विजय हासिल गरेको थियो ।
कृष्ण जन्माष्टीको दिन रातभरी जाग्राम बसेर भगवतीको महिमा गाउने, राती १२ बजे साइत हेराएर मन्दिर परिसरमा भगवतीको रथ उचाल्ने, बली दिने र घुमाउने गरिन्छ ।
भोलिपल्ट रथलाई बिहानैदेखि सर्वसाधरणलाई पुजा गर्न खुल्ला गरिन्छ ।
भगवतीलाई कुखुरा, बोका र पाडा बली दिने गरिन्छ । विजय रथजात्रा १ बजे भित्र साइत अनुसार उठाएर ३ पटक मन्दिर परिक्रमा गराइएको थियो ।
भगवतीको रथयात्रामा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको गणपति र तानसेन नगरपालिका प्रमुख लगायतले बली दिएर पुजा गर्ने गरिन्छ । सर्वसाधारणले घर घरबाट नै पुजा गर्दछन् । रथयात्रामा नेपाली सेनाले सालमी दिने चलन छ ।
विशेषगरी सेनाको पुजाकै रुपमा यस जात्रालाई लिइन्छ । रथयात्रामा सरकारी कर्मचारी, विद्यार्थी, विभिन्न संघ सस्था प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहन्छ । पाल्पामा लाग्ने १० भन्दा बढी जात्रा मध्ये भगवतीको रथयात्रा सबै भन्दा ठूलो हो ।
रथयात्राको अवलोकन गर्न पाल्पा गुल्मी स्याङजा, पोखरा बुटवल, अर्घाखाची लगायतबाट आउने गर्दछन् ।
पाल्पालीको पहिचानको रुपमा रहेको राष्ट्रिय जात्रा भएकोले लुम्विनी प्रदेश सरकारले जात्राका दिन पाल्पामा स्थानीय विदा दिएको छ ।
विजय उत्सव मनाउनको लागी अधिकाश काठमाडौ लगायत जिल्ला बाहिर बसी काम गर्दै आएका पाल्पालीहरु तानसेन आएका थिए ।
विजयउत्सवको भगवती जात्रा अवलोकन गर्न लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राना लगायतका विशिष्ट व्यक्तिकाृे  सहभागिता रहेको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित