जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

 पाल्पामा विजय उत्सवको ऐतिहासिक राष्ट्रिय भगवती रथयात्रा निकालियो 

पाल्पा । तत्कालिन कर्णेल उजिर सिंह थापाले अग्रेज सेना माथी बुटवल जितगढी क्षेत्रमा  विजय हासिल गरेको खुशियालीमा  श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथयात्रा  विजयउत्सव निकालिएको छ ।
 बुटवलको जितगढी लगायतको क्षेत्रमा वि.स. १८७२ मा अंग्रेज सेना माथि  नेपाली सेनाको तर्फबाट कर्णेल  थापाले  विजय प्राप्त गरेका थिए ।
विस १८७२ दृखी १८७६ देखि भगवती मन्दिर स्थापना गरेर  १८७७ देखी विजयउत्सव स्वरुप भगवतीको  रथ जात्रा संचालन हुदै आएको छ ।
युद्धमा जानु भन्दा अगाडी थापाले विजयी हासिल गरे प्रत्येक वर्ष सिन्दुर जात्रा  गर्ने भाकल गरी युद्धमा विजय हासिल गरेकाले जात्रा मनाउन थालिएको इतिहास छ ।
नेपाल र अंग्रेज बीच भएका ५ वटा युद्धहरू मध्ये तत्कालीन पाल्पाली सेनाले मात्र युद्धमा विजय हासिल गरेको थियो ।
कृष्ण जन्माष्टीको दिन रातभरी जाग्राम बसेर भगवतीको महिमा गाउने, राती १२ बजे साइत हेराएर मन्दिर परिसरमा भगवतीको रथ उचाल्ने, बली दिने र घुमाउने गरिन्छ ।
भोलिपल्ट रथलाई बिहानैदेखि सर्वसाधरणलाई पुजा गर्न खुल्ला गरिन्छ ।
भगवतीलाई कुखुरा, बोका र पाडा बली दिने गरिन्छ । विजय रथजात्रा १ बजे भित्र साइत अनुसार उठाएर ३ पटक मन्दिर परिक्रमा गराइएको थियो ।
भगवतीको रथयात्रामा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको गणपति र तानसेन नगरपालिका प्रमुख लगायतले बली दिएर पुजा गर्ने गरिन्छ । सर्वसाधारणले घर घरबाट नै पुजा गर्दछन् । रथयात्रामा नेपाली सेनाले सालमी दिने चलन छ ।
विशेषगरी सेनाको पुजाकै रुपमा यस जात्रालाई लिइन्छ । रथयात्रामा सरकारी कर्मचारी, विद्यार्थी, विभिन्न संघ सस्था प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहन्छ । पाल्पामा लाग्ने १० भन्दा बढी जात्रा मध्ये भगवतीको रथयात्रा सबै भन्दा ठूलो हो ।
रथयात्राको अवलोकन गर्न पाल्पा गुल्मी स्याङजा, पोखरा बुटवल, अर्घाखाची लगायतबाट आउने गर्दछन् ।
पाल्पालीको पहिचानको रुपमा रहेको राष्ट्रिय जात्रा भएकोले लुम्विनी प्रदेश सरकारले जात्राका दिन पाल्पामा स्थानीय विदा दिएको छ ।
विजय उत्सव मनाउनको लागी अधिकाश काठमाडौ लगायत जिल्ला बाहिर बसी काम गर्दै आएका पाल्पालीहरु तानसेन आएका थिए ।
विजयउत्सवको भगवती जात्रा अवलोकन गर्न लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राना लगायतका विशिष्ट व्यक्तिकाृे  सहभागिता रहेको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित