जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

लुम्बिनीमा सक्रिय बन्दै डा. ल्हारक्याल लामा

लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा. ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

सम्झौता अवधिभित्र सन्तोषजनक काम नभएपछि लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणधिन सडक, पार्किङ, गेट एंव विद्युत पोल र स्ट्रिक लाईटको बुधबार  निरीक्षण एंव अनुगमनपछि उपाध्यक्ष डा. लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निदेर्शन दिएका हुन ।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीको निर्माणधिन अधुरो सडकका कारण सास्ती पाएकाले हेलेचेक्रयाई नगर्न निर्माण कम्पनीलाई सचेत गराए ।

लुम्बिनी गुरुयोजना अन्तर्गत २ बर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रै, १२ किमि सडक ब्लक, ८ वटा गेट र २२ सय पोल लगायतका स्ट्रिक लाईट निर्माणका लागि छुटाछुट्टै ४ निर्माण व्यवसायीले ठेक्का सम्झौता गरी काम गरीरहेका छन ।

तर, सम्झौताको म्याद सकिनै लाग्दा पनि निर्माण कार्य  आधा पनि हुन नसेपछि उपाध्यक्ष डा.लामा आफै फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गरेका हुन् ।

उपाध्यक्ष डा.लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्ता पछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गर्दा पनि काममा सुधार नभएपछि फिल्डबाटै निर्माण कम्पनीलाई फोन गरेर निर्देशन दिएका थिए ।

उपाध्यक्ष लामा सहित स्थलगत निरीक्षण एंव अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद सदस्य गोपिकृष्ण शर्मा सहितको टोली गएको थियो ।

निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गती नबढेकाले एक महिनाभित्र भौतिक प्रगती बढाउनुपर्ने र वाहनाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले लामाले चेतावनी दिए । ‘यो पवित्र भूमि हो, बुद्धको जन्मस्थलमा पवित्र भावनाले काम गर्नुहोस्’ निर्माण व्यवसायीलाई भने –‘अब जेसुकै वाहना गरेपनि हामीले छोड्दैनौं, एक महिनाभित्र नतिजा ननिकाले कोषले अन्य कदम चाल्छ ।’

उनले काममा सुधार नगरे ठेक्का सम्झौता नै रद्ध गर्न सक्ने उपाध्यक्षले चेतावनी दिएका छन् । निर्माण कम्पनीहरुले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

त्यस्तै योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटक पटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगती हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएकोे बताए । कोषका अनुसार ४ वटा निर्माण व्यवसायीमध्ये २ वटाले ५० देखि ५५ प्रतिशत र २ वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगती देखिएको छ ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित