श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

रुपन्देहीबाट खुला सदस्यमा गोपाल रानालाई सर्वाधिक मत

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा रुपन्देहीबाट खुलातर्फ युवा नेता गोपाल रानाले सबैभन्दा बढी ५४१ मत प्राप्त गर्दै विजयी भएका छन् । सम्पन्न निर्वाचनमा पदाधिकारी, सदस्य तथा कुनै पनि कलस्टरबाट समेत यो नै सबैभन्दा बढी मत हो । होटल तथा पर्यटन व्यवसायी समेत रहेका राना युवाहरु बीच लोकप्रीय मानिन्छन् ।

यसैगरी रुपन्देहीबाट प्रदेश कमिटीका लागि निरणवाचित हुनेहरुमा प्रेम बहादुर गुरुङ, नरबहादुर घर्ती, ध्रुवप्रसाद खरेल, भरतमणी सापकोटा,   बुद्ध बहादुर बिक, कृष्णप्रसाद घिमिरे, कृष्ण खनाल, कविराम अरणयाल, कमलेश यादव, महेन्द्र गिरी, मोहन चापागाई, सूर्यबहादुर भट्टराई र हरिप्रसाद भण्डारी रहेका छन् । रुपन्देही मुस्लिमबाट एजाज आलम ४६० मतसहित विजयी भए ।

रुपन्देही महिलातर्फ जगेश्वरी चौधरीले सबैभन्दा बढी ५३३ मतसहित विजयी भइन, रुपन्देहीबाट अन्य महिला सदस्यहरुमा कमलादेबी विक, कल्पना थापा, जानकी अर्याल, जानकी न्यौपाने, तारा पाण्डे, थानकुमारी थापा, मञ्जु भुसाल, विद्यालक्ष्मी गुरुङ, विमला श्रेष्ठ र ज्ञानु केसी निर्वाचित भएका छन् ।

रुपन्देही मधेशीमा सञ्जय कुमार गुप्ता, दलितमा कल्पना हरिजन निर्वाचित भइन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित