पाल्पाको सदरमुकाम तानसेनमा यही भदौ २१ गते हुने भगवती रथ जात्रा विजयउत्सवमा आउने जाने यात्रुहरु लाई पश्चिम नेपाल बस व्यबसायी प्रा.लिे भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
नेपालले विस १८७१ र ७२ मा भएको बुटवल जितगढी युद्धमा अग्रेज माथी विजय प्राप्त गरेको थियो । अग्रेज लाई लडाइमा जितेको खुसियालीमा पाल्पामा भाद्र कृष्णजन्माष्टमीको भोली पल्ट विजय उत्सव मनाउने परम्परा रहेको छ ।
यस बर्ष पाल्पामा २०३ औ भगवती विजयउत्सव रथयात्रा निकालिदै छ । नेपाल गौरवमय इतिहास लाई जनमासमा पुर्याउन पश्चिम नेपाल बस व्यबसायी समितीले एक दिनको लागी विहान बुटवल देखी पाल्पा र साझ पाल्पा देखी बुटवल सम्मका यात्रुहरु लाई ५० प्रतिशत भाडा छुट दिएको हो ।
बस व्यबसायी समितीले यात्रुहरुको रेडर्क राख्नको लागी बुटवल र पाल्पाको टिकट काउण्टर बाट टिकट काटेका व्यक्तिहरु लाई भाडा छुट दिने निर्यण गरेको प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बताए ।
अहिले पाल्पा बुटवलको एकतर्फी भाडा रु १५० रहेको छ । पश्चिम नेपालले यस बर्ष भक्तजनको अवस्था हेरिकन आगामी बर्ष अन्य रुटहरुमा पनि भाडा छुट गर्ने विषयमा छलफल भएको पाल्पा काउण्टरका प्रमुख डोलराज भट्टराईले बताए । पाल्पा बुटवलको लागी २५ मिनेटरको फरकमा बस छुटने गर्दछ ।
भगवती जात्रा विजयउत्सव मनाउन लुम्विनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक विदा घोषणा गरेको छ ।
विजयउत्सवको अवलोकन गर्न लुक्विनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरी नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता रहने भगवती मन्दिर गुठी व्यबस्थापन समितीका अध्यक्ष अशोक महर्जनले बताए । यसै गरी होटल तथा रेष्टुरा व्यबसायी समिती पाल्पाले भगवती जात्रामा आउने भक्तजनहरुको लागी लक्षित गरेर खानामा १० प्रतिशत र बासमा २० प्रतिशत छुट दिने निर्यण गरेको छ ।
तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिर सिंह थापाले युद्धमा जानु अघि लडाई जितेमा भगवतीको तिन तले मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए ।
कर्णेल सिंहले विस १८७२ देखी १८७६ सम्म मन्दिर बनाएका थिए । विस १८७७ देखी कृष्ण जन्माष्टमीको भोली पल्ट विजयउत्सव स्वरुप भगवती जात्रा मनाउन थालेको परम्परा आज सम्म चल्दै आएको छ ।










