रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान शुरू

बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सहमतीको प्रयास विफल भएपछि आज बिहान ९ बजे देखि मतदान सुरु भएको हो।
भदौं १६ गतेदेखि जारी अधिबेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुँदैछ ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली चुनावी मैदानमा छन् । त्यस्तै प्यानल बाहिरबाट उपाध्यक्ष पदका लागि बांकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले पनि उम्मेदवारी दिएका छन् ।
सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी)छन् । त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र सहसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुषतर्फ रोल्पाका पूर्ण बूढामगर र महिलातर्फ बाँकेकी वसन्ती अधिकारी छन् । सचिव दुवै प्यानलको समर्थनमा निर्विरोध भएका हुन् ।
पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । कुल १ हजार ४ प्रतिनिधि सहभागि अधिवेशनबाट लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि कुल ३६४ जनाको उम्मेदवारी परेको छ।
अहिले मतदान स्थल बाहिर उम्मेदवारहरु अहिले प्यानल बनाएरै मत मागिरहेका छन् ।
लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिदा अधिबेशनमा नेताहरु दुई कित्तामा बाढिएका छन्। महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन गरेका छन्।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेका छन् । त्यसतै कंडेलको पक्षमा सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत नेताहरु खुलेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित