रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

एमालेमा गुट बनाउने छुट कसैलाई छैन : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै उनले एकतामै पार्टी र देशको भविष्य रहेको भन्दै कुनै नाममा पार्टीभित्र समूह, गुट बनाउने छुट नभएको बताएका छन् ।

‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन । ’ उनले भने ।

उनले एमालेलाई स्पष्ट बहुमतलाई ल्याउन अब कसैले रोक्न नसक्ने बताउँदै देशको नेतृत्व गर्न अब अन्य शक्तिको विकल्प नभएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित