काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउने

बुटवल जेसीज ५० औं वर्षमा प्रवेश गर्दैछ ।

सन १९७४ सेप्टेम्बर १ मा स्थापना भएको बुटवल जेसीजले ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्णजयन्ती मनाउन लागेको छ । बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउन लागिएको

बुटवल जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

जसअन्तरगत बुटवल जेसीजको स्थापना दिवसको दिन सेप्टेम्बर १ अर्थात भदौ १५ गते बुटवलमा प्रभातफेरी पदयात्रा, साताप्यापी कार्यक्रमको उद्घाटन र संस्थापक तथा पूर्वअध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवँरले दिए ।

त्यस्तै १६ गते बुटवलको पर्यटन प्रवद्र्धनका लागि चित्रकला विषयक कार्यशाला अभिमुखिकरण गरिने छ ।

१७ गते आईतबार प्रकरण र जेसीज अभियान विषयक प्यानल डिस्कसन, १८ गते सोमबार मानवताको सेवाका लागि वृहत रक्तदान, पर्यटन प्रवद्र्धनमा आधारित बृहत खुल्ला चित्रकला प्रतियोगिता, १९ गते समुदायमा जेसीज कार्यक्रम अन्तरगत बुटवल देवीनगरमा सार्वजनिक धारा हस्तान्तरण, अन्तर उच्च मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने साप्ताहिक कार्यक्रमका मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीले बताए ।

त्यसैगरी अन्तिम दिन भदौ २१ गते बुटवल कालिकाचोकमा बृक्षरोपण तथा जेसीज पथ नामाकन र स्वर्ण स्तम्भ शिलान्यास गरिने छ ।

बुटवल जेसीजले ‘५० वर्षको हाम्रो स्वाभिमानः विश्वास र आस्थासंगै जेसीज अभियान’ भन्ने मुल नारा सहित स्वर्णजयन्ती मनाउने तयारी गरिएको स्वर्णजन्यती समारोहका निर्देशक तथा मुल संयोजक पूर्व अध्यक्ष मनोज भट्टराईले जानकारी गराए ।

१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको संस्था जेसीजको छिमेकी देश भारतको गोरखुपर जेसीजको सौजन्यतामा स्थापित बुटवल जेसीजको संस्थापक अध्यक्षमा स्वर्गीय द्रोणराज जोशी थिए । स्थापना पश्चात सामाजिक उत्तरदायित्वको साथसाथै व्यक्तिगत विकासमा जेसीजले योगदान पुयाइरहेको छ । त्यस्तै बटवल जेसीजले वाग्लुङ्ग जेसीज, बुटवल महिला जेसीज, रामग्राम जेसीज, भलवारी जेसीज, सैनामेना जेसीज र देवदह जेसीज र बुद्धभुमी जेसीज शाखाको सौजन्यता गरेको थियो ।

बुटवल जेसीजको मुख्य ध्येय युवा सदस्यहरुको व्यक्तित्व र नेतृत्वको क्षमता विकास गर्नु रहेको र यसले आफ्नो बहुआयामिक क्रियाकलाप मार्फत समाज सेवा गर्दै आएको पूर्व अध्यक्ष दिनेश श्रेष्ठले बताए।

त्यस्तै मानवताको सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा ४ वटा क्षेत्रीय सम्मेलन, २ वटा राष्ट्रिय महाधिवेशन र अभियान सहित सामाजिक उत्तरदायित्यका क्रियाकलापहरु आयोजना गरी सम्पन्न गरीसकिएको र यहि वर्ष नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन गर्न लागिएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित